राहतकाे सट्टा राेजगारी

तनहुँको बन्दीपुर गाउँपालिकाले मजदुरलाई राहतको सट्टा रोजगारी दिने अभियान सञ्चालन गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुक लामो समयदेखि बन्दाबन्दीको अवस्थामा रहेका कारण गरिखाने वर्गलाई राहतका सट्टा रोजगारी दिने अभियान अगाडि बढाएको हो । गाउँपालिकाले यस अभियान अन्तरगत मजदुरहरुलाई साइकल लेन निर्माणका लागि खटाएको छ । साहासिक पर्यटकलाई आकषिर्त गर्ने उद्देश्यका साथ गाउँपालिकाले निर्माण गर्न लागेको मुकुन्देश्रवरी-रामकोट साइकल लेनका लागि स्थानीय मजदुरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारी उपलब्ध गराएको कार्यक्रमका संयोजक सरनसिं गुरुङले बताए ।

‘गाउँपालिकाले सोमबारमात्र बन्दीपुर-२ र ३ नम्बर वडाका २६ जनालाई ५ किलोमिटरको साइकललेन निर्माण कार्यमा खटाएको छ’, उनले भने, ‘सुचिकृत व्यरोजगार संख्याको आधारमा उनीहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काममा खटाइएको हो ।’

यस कार्यक्रम अन्तरगत ६ लाख पचास हजार रुपैयाँको लागतमा उक्त लेन निर्माणमा खटिएका मजदुरलाई प्रतिदिन ७ सय रुपैयाँको दरमा परिश्रमिक प्रदान गरिने उनले बताए । यसरी गाउँपालिकाले राहतको सट्टामा रोजगार प्रदान गर्दा गाउँबासीहरु खुसी भएको संयोजक गुरुङ बताउँछन् ।
   यस्तै, दुइ पटक राहत लिएका बन्दीपुर-३ रामकोटका खिमबहादुर थापा राहतभन्दा काम नै बेस भनेर साइकल लेन निर्माण कार्यमा खटिएका छन्। उनले भने, ‘गाउँपालिकाले राहत त दिएको थियो नि तर के गर्नु ८ जनाको परिवार छ, पाएको थोरै राहतले कति दिन नै पुर्‍याउनु र ? हामी काम गरेर विहान बेलुकाको छाक टार्नेलाई त राहत भन्दा काम नै ठिक छ ।’

बन्दाबन्दी भएसंगै काम नपाउँदा निरास भएकी बन्दीपुर-३ रामकोटकी दिलमाया राना गाउँपालिकाले नै रोगजार दिंदा खुसी भएको बताउँछिन् । ‘गाउँपालिकाले राहतको सट्टा काम गर्ने ठाउँ दियो, म यसैमा खुसी छु’, उनले भनिन, ‘दुइ पटक थापेको राहतले ५ जनाको परिवारलाई १० दिन पनि पुग्दैन कति राहतमात्र थाप्नु । बरु काम गरेर आफ्नै कमाई खानु ठिक लाग्छ ।’ यसरी राहतले २/४ छाक मात्र र्टार्न सहज भएको अवस्थामा काम नै पाइएपछि अभावको समस्या हटेको मजदुरहरु बताउँछन् ।

यस्तै, गाउँपालिकलेे श्रममा आधारित राहत कार्यक्रम अन्तरगत बन्दीपुरदेखि छिम्केश्वरी डाँडासम्म पुग्ने साइकललेन पनि निर्माण गर्ने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । उनले भने, ‘करिव ६ लाख रुपैयाँ बराबरको योजना हो । यसमा साइकल लेन निर्माण संगसंगै लेन वरापरा फलफूलका बोटविरुवा रोपणको काम पनि गरिनेछ ।’

‘गाउँपालिकाले २ चरण राहत प्रदान गर्‍यो र विभिन्न संघसंस्थाको सहयोगमा अति आवश्यक परिवार पहिचान गरी धेरै पटक नै राहत बाढियो’ उनले भने, ‘तर सधै राहत दिएर मात्र नहुने रहेछ । अहिले गाउँपालिकाले राहतको सट्टा कामको अभियान चलाएपछि सबै खुसी हुनुहुन्छ ।’ उनका अनुसार गाउँपालिकाले श्रममा आधारित राहत कार्यक्रम अन्तरगत ६ वटै वडामा प्रतिवडा १/१ लाख छुट्याएको छ । विश्वभर फैलिएको महामारीको कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरी उच्च सतर्कताका साथ मजदुरहरुलाई काममा खटाइएको गाउँपालिकाले जनाएको छ । रानीवनको जंगलमा साइकल लेन बनाउनका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । अध्ययनबाट साइकल लेन बनाउन उपयुक्त देखिएकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फ यो काम शुरु गरिएको हो । रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका १४५ जना छन् । कार्यक्रमका लागि चालू आर्थिक वर्षमा सरकारले गाउँपालिकालाई १४ लाख ६० हजार रुपैयाँ सशर्त अनुदान दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिनेछ । जसअनुसार वडा नं. ५ मा गाउँपालिकासँगको लागत साझेदारीमा सडक ढलान गर्ने काम हुँदैछ । त्यसका लागि गाउँपालिकाले छ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फ तीन लाख रुपैयाँ लागत साझेदारी गर्दैछ । त्यस्तै वडा नं. ६ मा पैदलमार्ग र सिँढी बाटो निर्माण गरिने र त्यसको स्टिमेट हुन बाँकी रहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए। रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका बेरोजगारलाई नै आगामी दिनमा विभिन्न आयोजना निर्माणमा खटाउने गाउँपालिकाले तयारी गरेको छ ।

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

यस्तै, साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ-नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गर्न लागिएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलयात्रीलाई बन्दीपुरमा भित्रयाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने गाउँपालिकाका अध्यक्ष थापाले बताए । साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने अध्यक्ष थापाको विश्वास छ । रानीवन जंगल र हिमशृंखलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर नै अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरूको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरूको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच लिइएको छ। बन्दीपुर आफैमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवर्द्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरू अगाडि बढाउने थापाले जानकारी दिए ।

सोहीबमोजिम गाउँपालिकाले वडा नं. २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । गत आर्थिक वर्षमा रु १० लाखको लागतमा ३०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको र चालू आवमा रु ६० लाखको लागतमा एक हजार ३०० मिटर पदमार्ग पर्खाल निर्माण गरिनेछ । करिब तीन किलोमिटर दूरी रहने उक्त पदमार्ग पर्खाल निर्माणका लागि करिब रु दुइ करोड बजेट अनुमान गरिएको छ ।

गाउँपालिकाले टुँडिखेलमा सिसाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्ने योजना अगाडि सारेको छ । सिसाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करिब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको थापाले जानकारी दिनुभयो। जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । यहाँ रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको व्यवसायीको भनाइ छ । पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायत हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।

साभार: भञ्ज्याङ बाट

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.