कोरनाको साथ अबको दिन : मनाेज कुमार श्रेष्ठ

सन २०१९ को डिसेम्बर महिनाबाट चाईनाको बुहान प्रान्तबाट फैंलिएको कोभिड–१९ अर्थात कोरोना भाइरस अहिले विश्वको प्राय ः सबै देशमा फैंलिन पुगेको छ, र हाल आजको दिन सम्म करिब ३ लाख विश्वका मानिसहरुले ज्यान गुमाईसकेको र करिब ४५ लाखको हाराहारीमा विश्वका मानिसहरु संक्रमित भैसकेको छ । यसमा हाम्रो नेपाल पनि अछुतो हुन सकेन्, हाल करिब २५० हाम्रो देशमा पनि कोरोना संक्रमित भैसकेको र भोलिका दिनहरुमा अझै बढी संक्रमित हुने लक्षण देखिसकेको छ ।
तसर्थ, भयावह माहामारीमा अब भोलिका दिनमा कोरोना साथ साथै कसरी देश र जनता अगाडी बढ्नुपर्छ भन्ने बेला आएको छ, किन कि यसलाई न्यून गराउन लकडाउन एवं राम्रो उपाय हुदाँ हुदै पनि अब कहिले सम्म लकडाउन गर्न र बस्ने भन्ने सोच भैसकेको हुँदा, अब देश र नागरिकलाई सहजीकरण सहित लैजाने दिन आईसकेको जस्तो अनुभूती भएको छ । त्यसैले अब सर्वप्रथम हाम्रो समाज र देश नागरिकहरुलाई सहजीकरण गर्नका लागि पहिलो प्राथमिकता अब आउने जेष्ठ १५ को राष्ट्रिय बजेटमा यसपालिको बजेट स्वास्थ्य, कृषि र जनस्वास्थ्यको हितमा बजेट ल्याउन जरुरी रहेको छ । यस वर्षको बजेट विकास योजनाहरुलाई पूरै कटौंती गरेर यसमा हाल्नु पर्नेछ, किन कि ज्यान रहे विकासको अर्थ रहने हो ।
अब स्वास्थ्यमा कोरोना विरुद्ध लड्न सुविधायुक्त अस्पताल औंषधी जस्तै आरडीटी, पिसिआर, पिपिई जस्ता सामानहरु धेरै नै मात्रमा खरिद गर्नुपर्नेछ, यसले अब हामीले पुरै ३ करोड जनताको कोरोना परिक्षण गर्नुपर्नेछ यो गर्न अलि काबिल नभए नि प्रत्येक घर धुरीको एक जनाको भएपनि कोरोना परिक्षण गर्नुपर्नेछ । त्यस्तो गर्नेलाई ३ करोड जनताबाट एकै चोटी कोरोनाको बिरामी अंकित हुन सक्नेछ र उपचारको लागि राम्रो हुनेछ, यसले भुसमा फैंलिएको आगो जस्तो गरी फैंलिएको रोगलाई नियन्त्रण गर्नेछ । साथै, विदेशमा बाध्यबस बैदेशिक रोजगारमा जानुभएका सम्पूर्ण नेपालीहरु फर्किने मनस्थितीमा रहेको हुँदा अब घर फर्किने नागरिकहरुलाई चाडो भन्दा चाडो उहाँहरुलाई राख्ने क्वारेन्टाइन स्थान बनाउन जरुरी छ, र उहाँहरुलाई कोरोना जाँच गरी आफ्नो घरमा जानु पर्दछ । साथै, अब धेरै संस्थामा बैदेशिक रोजगारमा भएका नागरिकहरुले फिर्ता भएपछि उहाँहरुको प्रोत्साहनको लागि रोजगार दिन सरकार सक्षम पनि हुन पर्दछ, हाम्रो देशको भौगोलिक अनुसार, कृषि, जलविद्यृत आयोजना जस्ता चिजमा केन्द्रित भई आयोजना चाडो भन्दा चाडो बनाई उहाँहरुको लागि रोजगारको व्यवस्थ ागर्न जरुरी रहेको छ । यस्तो गर्दा उहाँहरुको सम्मान सहित मनोबल बढ्दछ र देशमा बेरोजगार हुदैन र देशको आर्थिक समृद्धि पनि हुनेछ ।
केही महिनाको लागि एक जिल्लाबाट अर्को जिल्ला मानिसहरुको जानको लागि पूर्ण बन्द नै गर्नुपर्नेछ, यस्तो गर्दा कोरोना फैलिन पाउने छैन् ।
अब यी सब थोक गरिसकेपछि हाम्रो समाजको दैनिकी चलाउनका लागि सामाजिक दुरी कायम गरी मास्क अनिवार्य लगाउनु पर्नेछ । वित्तिय संस्था, बजार जस्ता जहाँ मानिसहरुको भिडभाड हुने ठाउँहरुलाई सामाजिक दुरी कायम छ कि छैन मास्क लगाएको छ कि छैन् यस्ता कुराको निगरानी प्रशासनलाई लगाउनुपर्छ । र विद्यालयहरुमा हामीले सामाजिक दुरी कायम गरी मास्क लगाई विद्यालयहरु पनि सुचारु गर्नुपर्नेछ , हामीले यी सब कार्यहरु गर्नका लागि फेरि पनि माथि पहिले मैले भनि सकेको छु, कि फेरि स्मरण गराउदछु कोरोना जाँच प्रत्येक नेपालीको नभएपनि प्रत्येक घरधुरीबाट एक जना सदस्यको भए पनि गर्नुपर्दछ । सके सम्म कारोबारहरु विद्युतीय प्रणालीमा गर्न शिक्षा सरकारले दिलाउने र खाद्य बस्तुहरु तरकारी, फलफुल अन्य वस्तुहरुको पनि भित्राउने ठाउँमा कोरोना जाँच गराएर भित्राउने र देशमा सिमाना भारत र चीनको आवत जावतमा केही वर्षको लागि नै रोक लगाउने । यस्तो क्रियाकलापले देशका जनतालाई सम्बन्धित सहित कोरोनाबाट सुरक्षित गर्दै कोरोनालाई पनि हामीले नास तथा मुक्त गर्न सक्छौं ।

मनोज कुमार श्रेष्ठ
अध्यक्ष आँबुखैरेनी सेवा समाज
आँबुखैरेनी, तनहुँ

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.