बारपाक सुलीकाेटले ल्यायाे नयाँ कृषि याेजना

गाेरखा, १ जेठ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि व्यवसायलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नयँा कृषि याेजना ल्याएकाे छ । याेजनाअनुसार  बाँझो बसेको जमिनमा खेती गर्ने किसानले नगद अनुदान पाउनेछन् ।

गाउँपालिकाले अाफ्नाे पालिकालाइ कृषिमा अात्मनिर्भर बनाउने र  स्वरोजगारीको विकास गर्दै कृषि उतपदनमा समेत वृद्धि गर्नका लागि पालिकाभित्र रहेका बाँझो जमिनलाई उपयोगमा ल्याउने उद्देश्यले अनुदानको कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयाे ।

उहाँका अनुसार लगातार दुई वर्ष वा सोभन्दा लामो समय खेती नगरिएको जग्गामा खेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजारका दरले पुरस्कारस्वरुप अनुदान पाउनेछन ।  “त्यसका लागि पहिलो चरणमा गाउँपालिकाभित्र रहेका बाँझो जग्गाको लगत सङ्कलनको काम भइरहेको छ ।” गाउँपालिकालाई कृषि उत्पादनमा आत्मानिर्भर बनाउन नयाँ खालको कार्यक्रम ल्याइएको अध्यक्ष भट्टको भनाइ छ ।

उहाँका अनुसार बाली र प्रकृति हेरी प्रोत्साहनवापतको अनुदान रकम फरक–फरक उपलब्ध गराउने गाउँपालिकाले रणनीति बनाएको छ ।

जसअन्तर्गत खाद्य र तरकारी बालीलाई प्रतिरोपनी रु तीन हजारसम्म, मसला बालीलाई प्रतिरोपनी रु दुई हजार ५०० सम्म र फलफूल बाली लगाउने कृषक कृषि समूह वा फार्मलाई प्रतिरोपनी रु दुई हजारका दरले रकम उपलब्ध गराइनेछ ।

गाउँपालिकाले ‘बाँझो जग्गा उपयोग कार्यविधि, २०७७’ नै बनाएर कार्यक्रम लागू गरेको अध्यक्ष भट्टले जानकारी दिए।

गाउँपालिकाभरि बाँझो रहेका खेतीयोग्य जग्गाको लगत सङ्कलनका लागि कृषि शाखामार्फत काम थालिएको  छ ।

“कृषि शाखाले सबै वडा कार्यालयलाई जानकारी पठाइसकेको छ, अहिले वडा कार्यालयले धमाधम लगत सङ्कलनको काम अघि बढाएका छन्”, अध्यक्ष भट्टले बताउनुभयाे ।

“आफ्नो  बाँझो जग्गाको बारेमा वडालाई जानकारी नगराउनेलाई प्रतिरोपनी रु २०० जरिवाना तिराउने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।”

प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउँदा जसले खेती गर्छ, उसैलाई अनुदान उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको अध्यक्ष भट्टकाे भनाइ छ ।

“जग्गाधनीले गर्न चाहेमा उसैलाई वा कसैले जग्गा भाडामा लिएर खेती गर्न चाहन्छन् भने भाडामा लिएर खेती गर्ने व्यक्ति वा फार्मलाई रकम उपलब्ध गराइनेछ”, अध्यक्ष भट्टले भन्नुभयाे ।

“भाडामा जग्गा उपलब्ध गराउँदासमेत गाउँपालिकाले प्रतिरोपनी रु ४०० देखि ५०० सम्म नबढ्ने गरी भाडादरसमेत निर्धारण गरेको छ ।”

प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था गरिएकाे छ  ।

छनोट परेका कृषकलाई जग्गाधनीले पेश गरेको निवेदन, खेती गरेको जग्गाको फोटो, अनुगमन समितिको प्रतिवेदन, बिल भर्पाइलगायतको आधारमा प्रोत्साहन भुक्तानी गरिने अध्यक्ष भट्टको भनाइ छ ।

कृषक छनोट गर्दा असङ्गठित क्षेत्रमा रोजगार गुमाएका किसान, विपन्न वर्गलाई तथा लकडाउनका बेला राहत पाएका कृषकलाई पहिलो प्राथामिकता दिइने गाउँपालिकाले जनाएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.