आँबुखैरेनी, २७ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.३, स्थित प्रगती मार्ग टोल सुधार समितीले लकडाउनकाे बेला टाेलमा अाउने अपरिचित तथा शंकास्पद व्याक्तिहरुको कडा निगरानी गर्ने भएको छ । नेपालमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गैरहेको र भारत लगाएत तराईका जिल्लाबाट अपरिचित तथा शंकास्पद व्याक्तिहरु आउने क्रम जारी रहेकोले काेराेना भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिका तथा टोलमा आउने त्यस्ता व्याक्तिहरुको कडा निगरानी र टोल प्रवेशमा रोक लगाउने निर्णय टोल सुधार समितीको बैंठकले गरेको छ । लाल बहादर थापाको अध्यक्षतामा आज बसेको बैंठकले गाउँपालिका तथा टोलमा आउने अपरिचितहरुको कडा निगरानी गरिने र शंकास्पद व्याक्तिहरु देखा परेमा टोल प्रवेशमा रोक लगाउने तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनी र आँबुखैरेनी गाउँपालिकालाई जिम्मा लगाउने निर्णय गरेको हो । बैंठकमा टोल सुधार समितीका अध्यक्ष लाल बहादुर थापा, उपाध्यक्ष बिमला कुवँर, कोषाध्यक्ष दिनेश कार्की, सचिव प्रतापबाबु थापा, अाँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो । यस्तै बैंठकमा समाजका अध्यक्ष श्रेष्ठले गाउँपालिका भित्र रहेका सबै टाेल सुधार समितिलाई यस्तो निर्णय गर्न आग्रह गर्नु भएको छ । यस्तो निर्णयले गाउँपालिका, इलाका प्रहरी कार्यालय अाँबुखैरेनीलाई काम गर्न सहज हुने र समग्र गाउँपालिकाका साथै गण्डकी प्रदेश नै सुरक्षित हुने विस्वास व्याक्त गर्नुभएको छ ।