गाेरखा संसार
आँबुखैरेनी, १४ वैंशाख ।
आँबुखैरेनीका २ युवा समाजसेवीको सहयोगमा आँबुखैरेनी–४, घया्ङसिंङका १५ घरधुरीलाई अाइतबार खाद्यान्न सामाग्री वितरण गरिएको छ । गाउँकार्यपालिका सदस्य मिलन भूजेलकाे आग्रह र वडा नं. ४ का वडा सदस्य लेप बहादुर मगरको उपस्थितीमा युवा समाजसेवी दिनेश के.सी. र बादल थकालीले सो गाउँका १५ घरधुरीलाई खाद्यन्न सामाग्री बितरण गरेको हो ।
प्रत्येक घरधुरीलाई १० किलो चामल, डेढ किलो दाल, २ पोका तेल, १ पोका नुन राहत स्वरुप बितरण गरिएको युवा समाजसेवी दिनेश के.सी.ले जानकारी दिनुभयो । यस्तै, आँबुखैरेनी गाउँपालिका–४, स्थित मुग्लिन पुलमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको लागि १०० थान मास्क, १३ थान फेससियल्ड, ३ कार्टुन चाउचाउ र ५ कार्टुन पानी बितरण गरिएको अर्का युवा समाजसेवी बादल थकालीले बताउनुभयो ।