सरकारले बनाएको क्वारेन्टाइनमा १२ जना, ५ जना डिस्चार्ज

गोरखा संसार
चैत्र ३०, गोरखा

गोरखा जिल्लामा सरकारी तवरबाट बनाइएका क्वारेन्टाइनमा बस्नेको संख्या हाल १२ जना रहेको छ भने ५ जना डिस्चार्ज भइसकेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी नियन्त्रणका लागि पहलस्वरुप विदेशबाट आएका वा शंकास्पद विरामीहरुलाई राख्नको लागि जिल्लाका ११ वटै स्थानीय तहहरुले आ आफ्नो कोषबाट क्वारेन्टाइन निर्माण गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाका सूचना अधिकारी हर्क रोकाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरुलाई राखिएको बताउनुभएको छ । जसमा जसमा १० जना महिला र २ जना पुरुष रहेका छन । उहाँका अनुसार धार्चे गाउँपालिकामा २ जना, शहिद लखन गाउँपालिकामा ८ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जना रहेका छन् ।
यसअघि विभिन्न स्थानहरुमा रहेका ५ जना भने क्वारेन्टाइनबाट डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुनुअघि उनीहरुको स्वास्थ्य परिक्षण समेत गरिएको थियो । त्यस्तै हाल क्वारेन्टाइनमा रहेका विदेशबाट आएका व्यक्तिहरुलाई भने १४ दिनपछि स्वास्थ्य परिक्षणका साथै आर डि टी किट मार्फत स्वाब परिक्षण समेत गरेर डिस्चार्ज गरिने सूचना अधिकारी रोकाले बताउनुभयो ।
क्वारेन्टाइनमा रहेका मध्ये धेरैजसो विदेशबाट आएका व्यक्तिहरु रहेका छन भने केही नेपालकै अन्य विभिन्न शहरहरुबाट आएका व्यक्तिहरु रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.