राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देही जिल्ला शाखाको आयोजनामा बरेला मा. बि. रुपन्देहीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको रुपन्देही जिल्ला सभापति उमाकान्ती खत्री (अर्चना) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बुटवलका सुचना अधिकृत दीपक ठाकुरले प्रशिक्षण प्रदान गर्नु भएको थियो । कक्षा ११ र १२ का बिद्यार्थीहरुको लागि आयोजित कार्यक्रमको संयोजन उपसभापति भाग्यमान महर्जन र कार्यक्रम सन्चालन सचिव लुकराज न्यौपानेले गर्नु भएको थियो ।
प्रधानाध्यापक तीर्थ प्रसाद बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानको रुपन्देही शाखा कोषाध्यक्ष एकदेव वस्याल , सहसचिव सावित्रा न्यौपाने, सदस्य शेष नारायण वस्याल सहित १०५ जनाको सहभागीता रहेको थियो ।
महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गर्नुभएकोमा सभापति उमाकान्ती खत्री (अर्चना) र रुपन्देही शाखा परिवार, बिधालय परिवार, NHRC बुटवल लगायत सहयोगी, सहभागी सबैमा केन्द्रीय समितिको तर्फबाट अध्यक्ष भवानी प्रसाद खरेेलले हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्नु
भएकाे छ ।
गोरखामा यात्रु सहायता कक्षहरु स्थापना
प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक