बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा

बेलायतबाट रोजिना प्रधान राईद्वारा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा
लन्डन , बेलायतकी महिला अभियन्ता,सामाजिक ब्यक्तित्व तथा व्यवसायी रोजिना प्रधान राईले एनआरएनए महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन ।
यसअघि महिला सचिवमा उम्मेदवारी दिने सोच बनाएकी उनले अग्रज र एनआरएनए अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै आफू महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको जानकारी गराएकी छन ।
‘एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो’, बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोजिनाले भनेकी छन्, ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुं ।’ सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पूर्ण साथ दिने आशा रोजिनाको रहेको छ ।
विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुंदैछ ।
आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको सम्मानका साथ समान हक अधिकार र हरेक क्षेत्रमा महिला उपस्थिति गराउने प्रण गरेकी छन । संसारभर रहेका महिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने वाचा उनको रहेको छ ।
उनले युग सुहाउंदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने लगायत एजेन्डा पनि सारेकी छन ।
एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल उनले एनआरएनए यूके उपाध्यक्ष हुंदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरि आफ्नो कार्य कुशलता संसारभर देखाईसकेकी छन ।
एनआरएनए आइसिसि भोकेशनल एजुकेशन कमिटी यूरोपको चियर तथा एनआरएनए बेलायतकी पूर्वउपाध्यक्ष रहेकी रोजिनाले २०२३–२५ कार्यकालका लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनको चर्चा एनआरएनए अभियानमा चुलिएको छ ।
च्यारिटी संस्था रोजीहिरा फाउण्डेशनकी अध्यक्ष तथा केहिरोज इन्टरनेशन कम्पनीको अध्यक्ष रोजिनाले संस्थागत सुधार र महिला सशक्तिकरणका सवाल अझ घनीभूत रुपमा उठाउने अठोटसहित महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताईन ।
आफुले बेलायतका विभिन्न सामाजिक तथा महिला केन्द्रित संस्थासहित बेलायत एनसीसी हुंदै केन्द्रसम्म निकट रहेर धेरै अनुभव संगाल्ने अवसर पाएको उनले बताईन । मेरो ज्ञान र अनुभव एनआरएनएमार्फत मातृभूमिलाई अझ बढी दिन इच्छुक र दृढ रहेकोले नै आफूले महिला उपाध्यक्षमा उम्मेदवारी दिएको राईले बताईन ।
एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध रोजिना एनआरएनए यूकेमा उपाध्यक्ष रहंदा धेरै उल्लेखनीय काम गरेर प्रशंसा बटुलेकी थिइन। रोजिनाले अहिले व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी छन् ।
रोजीहिरा फाउण्डेशनकी अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन । उनले विशेष गरि सन् २०१५ को महाभूकम्प, कोभिड १९ महामारी, बाढी तथा पहिरो पीडित र आपतविपतका बेला कैयौंपटक आर्थिक र मानवीय सहयोग गरेकी थिइन् । खोटाङ बांसपानीस्थित श्री राष्ट्रिय माविमा इ लाइब्रेरी, खोटाङ बांसपानीकै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, झापामा अपांगता भएकालाई कृत्रिम हात खुट्टा वितरणमा सहयोग, प्रदेश नम्बर १ विराटनगर महानगरपालिका १२ मलहनुवास्थित निर्माणाधीन मुसहर बस्ती निर्माणका लागि श्रमदान लगायत कार्य गरेकी थिइन् । राईको सहयोगमा सो क्षेत्रमा विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

महिला उपाध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राई प्रेष बिज्ञप्ती जस्ताको तस्तै:
आदरणीय समस्त गैर आवासीय नेपालीहरुमा हार्दिक नमन
विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर निर्वाचन १७–२० सम्म काठमाडौंमा हुने तयारी भइरहेकोबारे यहांहरु अवगत नै हुनुहुन्छ। यसपटक केन्द्रिय नेतृत्वका लागि म आकांक्षी भएको कुरा मैले विभिन्न माध्यमबाट सूचित गराइसकेको छु ।
यसै सिलसिलामा यसअघि एनआरएनए सचिव (महिला) मा उम्मेदवारी दिने मेरो पूर्व घोषणामा परिवर्तन गरि अब म एनआरएनए उपाध्यक्ष (महिला) तर्फ उम्मेदवारी दिने निष्कर्षमा पुगेको जानकारी दिन चाहन्छु ।
एनआरएनए संस्थामा आवद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो । विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नु भन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप म महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको हुं । अग्रजहरु र टिमको सुझाव सल्लाह मैले अनुशरण नगर्ने कुरै भएन ।
मलाई आशा छ, सम्पूर्ण डेलिगेट्सज्यूहरुले मेरो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिनु हुनेछ ।

मैले आफ्नो समर्पण र अनुभव सुहाउंदो जिम्मेवारीका लागि आकांक्षा राखेको छु । संघमा प्रजातान्त्रिक परिपाटीको अवलम्बन गर्दै महिलाहरुको सम्मानका साथ समान हक अधिकार र सम्मानित ब्यवहार अपरिहार्य हुने मेरो बुझाइ छ । हरेक क्षेत्रमा महिला उपस्थिति गराउने मेरो प्रण छ । साथै,
संसारभर रहेका माहिलाहरुको समस्या अनुमोदन गर्न एक लाख डलरको अक्षय कोष खडा गर्ने प्रण पनि यहाँहरु समक्ष गर्न चाहन्छु ।
विदेशको व्यस्तताबीच आफ्नो दुःख बिर्सेर मातृभूमिमा दुःख पीडा खेप्न वाध्य महिला दिदीबहिनीहरुको घाउमा मलम लगाउनु हाम्रो दायित्व छ । साथै उहांहरुलाई सक्षम बनाउन पनि हामी प्रवासमा रहेको नेपालीहरुको प्रमुख अभिभारा हो भन्ने मैले सम्झेको छु । यी कामका लागि मलाई नेतृत्वमा आउन यहांहरुको साथ समर्थन चाहिन्छ जुन यहांहरुबाट अपेक्षा राखेको छु ।

तर, महिलाहरुको हक अधिकार, सम्मानजनक सहभागिताका लागि पुरुषहरुको विरोध होइन, सहकार्य र समझदारीको भूमिका महत्वपूर्ण हुने भएकाले एनआरएनएलाई गौरवान्वित संस्था बनाउन मैले भूमिका निर्वाह गर्ने वाचा गर्दछु । व्यक्ति होइन विधि प्रधान हो भन्ने मेरो प्राथमिकता छ । सहयोगको अपेक्षासहित ।
धन्यवाद
रोजिना प्रधान राई
उम्मेदवार
एनआरएनए उपाध्यक्ष (महिला)

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.