मध्यस्थता सेवामा नियमनकारी निकायको आबश्यकता रहन्छ

काठमाण्डौं,
नेपालमा “पहुंचहुं योग्य र स्तरीय बिवाद समधान” को नारा सहित व्यवस्थित रुपमा मध्यस्थता(Arbitration) र
मेलमिलाप (Mediation)सेवा प्रदान गर्दै आएको संस्था नेपाल एन्टरनेशनल एडिआर सेन्टर (NIAC) लेआफ्नो स्थापना
दिवस विभिन्न कार्यक्रम सहित भव्यताका साथ मनाएको छ । विभिन्न कार्यक्रम हरुमध्ये कानून, व्यवस्थापन,
इन्जिनियरिङ, लेखा तथा भौतिक विकास लगायतका क्षेत्रमा विशिष्ठ योगदान दिदै आएका लव्ध प्रतिष्ठित व्यक्तिहरुको
बीचमा मध्यस्थता सेवामा नियमनकारी निकायको आवश्यकता (Regulating Authority for Arbitration in Nepal)
विषयक एक दिवसीय गेष्ठीको आयोजना गरियो ।
उक्त गो ष्ठीमा सर्वोच्च अदालतका माननीय न्या याधीश श्री अनिल कुमार सिंन्हा प्रमुख अतिथिका रुपमा उपस्थित भई
नेपालमा मध्यस्थता प्रकृयाको ऐतिहासिक विकासक्रम, हालको स्थिति तथा अवस्थाको चर्चा गर्दै मध्यस्थता सेवा
प्रदायकहरु आफै सौम्य हुनु पर्दछ, र्द देशदे को आवश्यकता अनुसार निर्माण भएका ऐन कानून र निर्धारित आचार
संहिताहरुको यथोचित परिपालना गर्दै सक्षम, स्वतन्त्र र न्यायपूर्णरुपमा विवादको समाधान तर्फ जिम्मेवार हुनुपर्दछर्द
अन्यथा नियमनकारी निकायको नियमन आवश्यक हुन जान्छ भन्नेधारणा राख्नुभयो । अदालतलेपटक पटक विभिन्न
मध्यस्थता सम्बन्धी विवादमा निर्णय दिएको छ, उन्नत हुन सकेनन्होला, हामी पनि निरन्तर सुधारको प्रयासमा छौ तर
मध्यस्थताको सेवा प्रवाह गरी आएका संस्था र व्यवसायीहरु पनि त्यत्तिकै सवल र जिम्मेवार हुन जरुरी छ भनी
मध्यस्थताको निर्णयमा देखिदे एका सुधारका क्षेत्रहरु, जिम्मेवारीका दायराहरु र आचार संहिता पालनाको आवश्यकता
समेत औल्याउनुहुदै स्थापानाकाल देखिदे उधोग वाणिज्य क्षेत्रका करारीय विवादमा मध्यस्थता र मेलमिलापका
माध्यमबाट निरन्तर सेवा दिदै आएको, समाजका सवैक्षेत्रका विषयगत विशेषज्ञहरु सम्लग्न रहेको हे र अन्तराष्ट्रिय संजालमा
समेत काम गरी आएको संस्था NIAC लाई बधाई दिदै मध्यस्थता सेवाका लागि नेपाललाई बिश्वकै आकर्षक गन्तब्य
बनाउन सफलता मिलोस भनी शुभकामना समेत दिनु भयो ।
सोही कार्यक्रममा उच्च अदालतका का.मु.मुख्य न्यायाधीश श्री महेश हे शर्मापौडेलडे ले, मध्यस्थताको विधा अन्तराष्ट्रिय विधा
हो । मध्यस्थता सम्बन्धी विवाद अदालतमा मध्यस्थलेनिर्णय दिनुपूर्वर मध्यस्थलेनिर्णय दिए पश्चात गरी दुई दु प्रकारले
आउनेभई त्यस्ता विवादहरुको निरुपण गर्दै आएको अदालतको जनशक्तिलेसम्भव भएसम्म प्रभावकारी सेवा प्रवाह गरी
आएको छ तथापी आगा मी दिनमा थप तालिम, यस किसिमका गोष्ठी तथा कार्यशालाद्वारा मध्यस्थ तथा मेलमिलापका
क्षेत्रमा काम गर्नेजनशक्तिको क्षमता विकास गर्दै जान आवश्यकता रहन्छ भन्नेधारणा व्यक्त गदै राष्ट्रिय र अन्तराष्ट्रिय
रुपमा कामको अनुभव गरी आएकोमा आयोजक संस्थालाई बधाई र शुभकामना ब्यक्त गर्नुभयो । उच्च अदालत पाटनका
न्यायाधीश श्री राजेन्द्र खरेललेमध्यस्थता सेवा प्रदायकहरुमा आचार संहिता र सो को पालनाको अभाव रहेको हे पाईएको
भनी केही दृष्टा दृ न्त प्रस्तुत गर्दै त्यस्तो अवस्थामा अदालतलेहस्तक्षेप गर्नपर्नेअवस्था आएको वताउनुभयो । उच्च अदालत
पाटनका अर्कान्यायाधीश श्री विमल सुवेदीले मध्यस्थताको विषय आफै जटिल विषय भएको, राष्ट्रिय र अन्तराष्ट्रिय
कानूनलाई एक साथ ख्याल गर्नुपर्नेअवस्थामा मध्यस्थहरुलेकतिपय विवादमा आचारणागत त्रुटी गरेको पाइएको हुँदा हुँ
कुनैन कुनैरुपमा नियमनकारी निकायको आवश्यकता देखिदे एको तर पक्षहरुको स्वायत्तता नैनरहनेगरी नियमन गर्ननहुने
कुरा औल्याउदै दै आयोजक संस्थाले गरेको प्रगतीमा बधाई दिदै अझ थप दै प्रगतीको शुभकामना ब्यक्त गर्नु भयो ।
इन्जिनियर नविन मंगल जोशीलेठूला आयोजनामा काम गर्दाको अनुभव सुनाउदै कम्तीमा आचार संहिता र सो को
अनुगमन गर्नेनिकायको व्यस्था भएमा मध्यस्थ तथा मेलमिलापको माध्यमबाट विवादको निरोपण गर्नउत्साहित हुने
वाताबरण बन्नेहुनालेयस क्षेत्रमा नियमनकारी निकायको आवश्यकता रहेको हे धारणा व्यक्त गर्नुभयो । अधिवक्ताहरु दुर्गा
प्रसाद अर्याल, रेशमराज रेग्मी, अर्थमन्त्रालयका उपसचिव बालकृष्ण निरौला लगायतका वक्ताहरुलेनियमनकारी
निकायको आवश्यकता रहेको हे तर उपभोक्ता को अपेक्षालाई मनन गरी नियमनकारी निकायको व्यवस्था गर्नु पर्ने
आवश्यकता औल्याउनु भएको थियो ।
सो कार्यक्रममा अधिवक्ता सेमन्त दाहाललेनियमनकारी निकायको भूमीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशदे का
दृष्टा दृ न्तहरु, राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा काम गरी आएका विभिन्न संस्थाका नियमहरु र त्यसका आधारमा स्थापित
अभ्यास समेतलाई विश्लेषण गर्दै सिमित अधिकारयुक्त नियमनकारी निकाय हुन आवश्यक रहेको हे धारणा राख्नुभएको
थियो । कार्यपत्र उपर टिप्पणी गर्दै अधिवक्ता अनिल कुमार श्रेष्ठलेमध्यस्थता सेवाको राष्ट्रिय र अन्तराष्ट्रिय आयाम उपर
आफ्नो विश्लेषण प्रस्तुत गर्दै नियमनकारी निकायको आवश्यकता औल्याउनु भयो ।
प्राध्यापक पूर्णमान शाक्यलेनेपाल र छिमेकी मुलुकहरुमा हुनेगरेको मध्यस्थता सेवाको तुलना गर्दै नियमनकारी निकाय
भन्दा व्यवस्थित आचार संहिता वनाउनेर त्यसलाई लागूगर्नेगराउनेनिकायको आवश्यकता रहेको हे उल्लेख गर्दै हाम्रा
छिमेकी मुलुकको अभ्यास हाम्रा लागि अनुकरणीय हुन नसक्ने स्पष्ट पार्नु भयो ।

संस्थालेमध्यस्थता र मेलमिलाप क्षेत्रमा गरी आएका काम कारवाही सो सम्बन्धी तालिम गोष्ठी तथा क्षमता विकास
सम्बन्धी कार्यक्रमको जानकारी दिदै एशिया प्रशान्त क्षेत्रका १३ बटा संस्थासंग क्षेत्रीय संगठन Asia Pacific Center
For Arbitration and Mediation (APCAM) मार्फत तालिम गोष्ठी सिमनार जस्ता कार्यगर्दै एक अर्कामा सहकार्यका
लागि आबद्ध भएको, बिश्वमा ख्याती प्राप्त संस्थाहरु हङ्कङ ईन्टरनेशनल आर्विट्रेशन सेन्टर, बंगलादेश दे ईन्टरनेशनल
आर्विट्रेशन सेन्टर, चाटर्ड इन्स्टिच्युट अफ आर्ब्रिट्रेटर्स,UNCITRAL लगायतका ख्याती प्राप्त अन्तर्राष्ट्रिय संस्थासंग
सहकार्य र साझेदारी गरी बिभिन्न तवरलेसंयुक्त कार्यक्रम गरी आएका प्रष्ट गर्दै स्थापनाकाल देखी दे नैमध्यस्थता र
मेलमिलाप (Arbitration and Mediation) सेवा प्रदान गर्दै आएको जानकारी गराउनुभयो । NIACलेमध्यस्थता
सेवा प्रबर्धनका लागि एशिया प्रशान्त क्षेत्रका अन्य विभिन्न मुलुकमा कार्यारत संस्थाहरु संग सहकार्य गरी आएको
जानकारी वरिष्ठ अधिवक्ता मातृका प्रसाद निरौलालेप्रस्तुत गर्नु भएको गराउनुभयो । NIAC समेत संस्था पक भई
एशिया प्रशा न्त क्षेत्रमा स्थापित APCAM लेआयोजना गरेका बिभिन्न उपयोगी कार्यक्रम र हालैभारतको नयां दिल्लीमा
आयोजित International ADR Summit को उपयोगीताका सम्बन्धमा अधिवक्ताद्वय लुना निरौला तथा सृजना
मैनालीलेबिषेश प्रस्तुती राख्दै नेपालबाट समेत स्तरीय रुपमा र उल्लेख्य मात्रामा अन्तराष्ट्रिय कार्यक्रममा सहभागी
भएकोप्रा पूर्णमान शाक्य डा मुक्ती रिजाल तथा मातृका निरौला समेतलेअन्तराष्ट्रिय फोरममा राम्रो भूमीका निर्वाह
गरेको र नेपालबाट डा कुमार शर्माआचार्यलेअन्तराष्ट्रिय उपलब्धी हांसिल गरेको स्मरण गर्दै हाम्रो क्षमता बिकासका
लागि त्यस्ता कार्यक्रम उपयोगी हुने तथ्य प्रस्तुत गर्नु भएको थयो ।
अन्त्यमा यस्तो महत्वपूर्णबिषयमा भएको यो छलफल अझैनिरन्तर गर्दै जान आबश्यक रहेको हे स्पष्ट गर्दै उपस्थित सबैलाई
अन्यवाद सहित संस्थाका अध्यक्ष श्री मुक्ति रिजाललेकार्यक्रम समापन गर्नु भएको थियो ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.