“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मुल नाराका साथ “२९ औं विश्व आदिवासी दिवस” एवम् पाचौं राष्ट्रिय महाधिवेशनको आयोजना हुने भएको हाे ।

विभिन्न नेपाली मौलिक संस्कार, संस्कृति झल्किने सांस्कृतिक कार्यकमका साथ आयोजना हुने उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भएको महासंघले जानकारी दिएको छ।

कार्यक्रमको सम्पुर्ण अन्तिम तयारीको लागि नेफिन साउदी अरबका सम्पुर्ण पदाधिकारी सम्मिलित छलफल कार्यक्रम समेत गरेको जसमा सम्मेलन लाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहयोगका लागि नेफिनले सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।
वैदेशिक रोजगारमा नेपालीहरु विभिन्न देशमा जाने गर्छन् त्यहाँ सुखदुःख मा साथ सहयोग गर्ने र पिडामा मलम पट्टी लगाउने सकारात्मक कार्यमा पनि नेपाली नै अग्रसर हुने गरेका छन् ।