गाेरखा बहुप्राविधिक शिक्षालयमा नागरिक खबरदारी अभियान ः अब ताला खुल्ने

साउन १२,गाेरखा ।

गाेरखा बहुप्राविधिक शिक्षालयमा बिगत केही दिन अगाडीदेखि लगाइएकाे ताला नागरिक खबरदारी अभियान पश्चात खुल्ने भएकाे छ ।

शिक्षालय प्रमुखले शिक्षालयमा कार्यरत केही प्रशिक्षकहरूकाे करार म्याद थप नगर्नुका साथै एकजना प्रशिक्षककाे कार्यकक्षमा ताला लगाएपछि प्रतिकारस्वरूप कर्मचारीहरूले प्रमुख काे कार्यकक्षमा ताला लगाइदिएका थिए ।

ताला लगाइएकाे ३,४ दिन बितिसक्दासमेत ताला नखुलेपछि अाज नागरिक खबरदारीका लागि गेटअगाडी स्थानीयहरू बिभिन्न मागहरूसहितकाे प्लेकार्ड छातीमा राखेर जम्मा भएका थिए । शिक्षालयकाे बिबाद समाधान गरी ताला खाेल्नुपर्ने र निर्वाध पठनपाठनकाे वाताबरण बनाउनुपर्ने अधिकांशकाे माग रहेकाे थियाे ।

अभियानमा नागरिक अगुवाहरू गण्डकी प्रदेशका पूर्व मन्त्री हरिशरण अाचार्य, प्रेम गुरूङ, नारायणी अधिकारी लगायतकाले समस्या समाधानका लागि छिटाे पहल गर्नुपर्ने बताएका थिए ।

कर्मचारीहरूकाे तर्फबाट शिक्षालयकी कर्मचारी निर्मला मल्ल, करार म्याद थप नगरिएका भनिएका शिक्षक अाशिश रानाभाटले प्रमुखले अाफूहरूमाथि ज्यादती गरेकाे, बिनाकारण म्याद थप नगरिएकाे, शिक्षालयभित्र अनियमितता गरेकेा लगायतका बिषयबस्तुकाे जानकारी गराएका थिए । शिक्षालय प्रमुख सुनिल बर्साैलाले समस्या समाधानका लागि सबै पक्षकाे सहयाेग अावश्यक पर्ने  र साे काे लागि स्थानीय नागरिक अगुवाहरूकाे समेत सहयाेग अावश्यक पर्ने बताउनुभएकाे थियाे ।

समस्या समाधानका लागि सकारात्मक सन्देश सहित जनतासामु यथार्थ कुराकाे जानकारी गराउने उदेश्यले अभियान सञ्चालन गरिएकाे गण्डकी प्रदेशका पूर्व उर्जा तथा जलश्राेत मन्त्री हरिशरण अाचार्यले बताउनुभएकाे थियाे ।

नागरिक खबरदारी अभियानका क्रममा बाेल्दै स्थानीय प्रेम गुरूङले अभियान कसैकाे पक्ष बिपक्षमा नभएकाे तथा कुनै पनि राजनितिक अास्थाका अाधारमा नभएकाे र शिक्षालयकाे सुधारका लागि जस्ताेसुकै त्याग र बलिदान समेत गर्न तयार रहने बताउनुभएकाे थियाे ।

साेही क्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तनले अभियानप्रति एेक्यवद्दता जाहेर गर्दै शिक्षालय ल्याउन स्थानीयकाे निकै ठूलाे याेगदान रहेकाे बताउनुभयाे । त्यस्तै उहाँले शिक्षालयकाे शाख उँचाे पार्न सबैले अा अाफ्नाे ठाउँबाट सहयाेग गर्नुपर्ने र अाफूले पनि सक्दाे पहल गर्ने बताउनुभयाे ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

पालुङटारमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालकल्याण मावि प्रथम

ज्ञान विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीमा सक्षमता” भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पालुङटार नगरपालिकाले अन्तर विद्यालय शिक्षक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

पालुङटारका दुई विद्यालय पुरस्कृत

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा गोरखा जिल्लाको उत्कृष्ट पालुङटारका दुई विद्यालय पुरस्कृत भएका छन् । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशद्वारा राष्ट्रिय शिक्षा दिवस २०८१

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षा दिवसका अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

शिक्षा दिवसका अवसरमा विद्यालयमा अन्तरक्रिया कार्यक्रम

पालुङटार गोरखा/ असोज २ गते “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु

पालुङटार गोर्खा अभिभावक बिहिन अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु गरिएको छ। नगर उप प्रमुख सँग अभिभावक विहिन अति विपन्न विद्यार्थी शैक्षिक सहायता कार्यक्रम

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

काठमाडौँ बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको ूराष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ू मा आस्था विद्या मन्दिर ९ब्ख्ः क्भअयलमबचथ क्अजयय०ि का

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.