एउटा विद्यार्थीको सफलतामा शिक्षकको भुमिका – उमा कंडेल

एउटा विद्यार्थीको जीवनमा आफ्नो शिक्षकको भूमिका कति महत्वपुर्ण हुन्छ भन्ने कुरा बीस बर्षको लगातार शिक्षण अनि त्यति नै बर्षको विद्यार्थी जीवन पछि बुझेँ। जुन १४, २०२३, बिहान एक बजेर बाइस मिनेट जाँदा म ब्यँझेछू। सुत्नेबेला मोबाइल सँगै अनि ब्युँझिने बित्तिकै मोबाइल हेर्ने लतले मलाई स्वचालित मोबाइल डाटा खोल्न उत्प्रेरित गर्यो। मोबाइलमा एउटा इमेल आएको रहेछ। उसो त नेपाल खुला विश्वविद्यालयमा भर्ना भएदेखि इमेल आउनु-जानु सामान्य रुटिन जस्तै थियो। अल्छी मानेरै भएपनि इमेल खोलें, रातको बाह्र बजेर पच्पन्न मिनेट जाँदा पठाइएको उक्त इमेल डा. रानाको रहेछ। मेरो थेसिस विश्वविद्यालयको अन्तिम मूल्यांकनमा थियो। मैले अझैपनि ढिलासुस्ती गरिरहेकिथिएँ। ईमेलमा लेखिएको थियो, “Dear Umaji, can you email me a clean and well-formatted file? I need to check similarity issues if there is. Thank you. Cheers! Karna Rana, PhD.” विश्वविद्यालयको पढाइमा छाप छोडेर जाने मेरा केहि गुरुहरु हुनुहुन्छ, जसको उत्प्रेरणा र हौसलाले आज म यो लेख तयार पार्ने हैसियत राख्दछु। मैले अहिले सोचिइरहन्छु कि मेरा विद्यार्थीले पनि मलाई विभिन्न खाले तराजुमा जोख्दाहुन्। चाहेको मुल्याङ्कन गर्न पाउनु सबैको स्वतन्त्रताको हक हुन आउँछ।

गाउँले जीवन, उकालो-ओरालो, गाइ-बाख्रा, घाँस-दाउरा, मेलापात, अर्मपर्म, गर्दै बालाई काममा सघाउँदै बिताएको स्कुले जीवनको संघर्ष नै मेरो उभिने धरातल र समाउने हाँगो हो भनेर मैले कहिल्यै बिर्सिन हुँदैन।न त मेरो बाले कहिल्यै हाइस्कुल देख्नुभयो, न त आमाले कक्षाकोठा नै। हाम्रो पुरै खानदानमा अनुसन्धान तहको पढाइमा भर्ना हुने म पहिलो सदस्य हुँ। म यहाँ सम्म आइपुग्नका लागी मेरो बुवा आमाले दिनुभएको संस्कार र मेरो घरपरिवारको हौसलाले महत्वपुर्ण भुमिका खेलेकोछ। परिवारमा ठुलाको आशिर्वाद र साना सदस्यहरुको प्रेरणाले मलाई हरेक कामका लागि उत्प्रेरित गरिरहेको हुन्छ। साथै, मेरा स्कुले जीवनका गुरुहरु र कलेजका गुरुहरुको “Uma, you can do” भन्ने आशिर्वाद नै मेरो आजसम्मको प्रेरणा हो।

म विश्वविद्यालयको पढाई शुरु गर्दा एकदम दोधारमा थिएँ। भैराखेको स्नातकोत्तर उपाधी त मेरो पेसामा काम लागेको थिएन, स्नातक तहकै प्रमाणपत्रले काम चलिइराखेको थियो। फेरि छोराछोरीको पढाई खर्च पनि बढ्दैथियो। आजीवन श्रीमतीलाई कलेज पठाइरहँदा घरव्यबहार धान्न पक्कै पनि मेरो श्रीमानलाई गाह्रो भैरहेकोथियो। तर मैले पढाईलाई निरन्तरता दिने वातावरण घरमा बन्यो। स्नातक र स्नातकोत्तर तहको पढाई स्वाध्ययनबाटै पुरा गरेकाले एमफिलमा पनि राम्रै गर्छु भन्ने मलाई विश्वास थियो। तर पछि बुझेँ कि, यो तहको पढाई त पेपरपेन्सिलमा आधारित हुँदोरैनछ। त्यो ग्रामिण जीवन बिताएर किताबका सयौँ पाना पढेर तिन घण्टे परीक्षा पास गरेको म जस्तो पात्रलाई विश्वविद्लयमा एमफिलको यात्रा सहज अवस्य थिएन, त्यो सिकाइको एउटा ट्रान्जिसन पोइन्ट थियो। पहिलो कुरा चाहिँ सबै पढाई अनलाईनमा गर्नु थियो, दोस्रो कुरा रातभरि रातभरि क्लासमा बस्नुथियो।मेरो कारणले पुरै घर नै विश्वविद्यालय जस्तो पो बन्यो।हामीले कति रात संगै खाना खाएनौँ, माइत गएनौँ अनि कति चाडपर्व मनाइएन, संगै बसेर परिवारका बारेमा भलाकुसारी गरिएन। परिवारमा आमा नै अस्तव्यस्त भएपछी परिवारको हालत कस्तो हुन्छ, कल्पना गर्नुस त! हेर्दै जाँदा त छोराछोरी आत्मनिर्भर पो भएछन्। आमाले पढ्दै हुनुहुन्छ भनेर टेबुलमा चिया पुर्याइदिने, खाना तयार गर्ने, घरायसी सबै काम गर्ने भैसकेछन। सानी दश बर्षकि छोरीमा पनि कस्तो राम्रो संस्कृति विकास भएछ। यसका लागि मैले हाम्रो विश्वविद्यालयलाई धन्यवाद दिनैपर्छ।

मेरो विश्वविद्यालयमा अनुसन्धान स्तरको पढाईसंगै मेरो नयाँ जिन्दगीको सुरुवात थियो। मेरो सर्कलमा कसैलाई मेरो नयाँ कदमले जलन त बनाएकै थियो नै! फेरि कसैलाई नयाँ खुलेको विश्वविद्यालयको औचित्यता प्रति खुब ठुलो चासो थियो। तर म एउटा प्राणी थिएँ, जसलाई यी सब चीजको केहि प्रबाह थिएन। जागीरको दौडान, पढाइको ओभरलोड, इन्टरनेटको अवरोध अनि कार्यकक्षमै सहकर्मीहरुको उपेक्षा मेरा लागि वरदान थियो, आशीर्वाद थियो।

मैले रिसर्च रिपोर्ट तयार पार्दैगर्दा कोबिड र मस्तिष्कघातका कारण मेरा प्रिय गुरु, सुपरभाइजर डा. चन्द्र कुमार लक्सम्बालाई गुमाउनुपर्यो। वहाँ सबैको प्रिय र अनुसन्धानमा नयाँ चिन्तन बोकेको अवकाश प्राप्त ब्रिटिश आर्मी हुनुहुन्थ्यो। वहाँसँग बेलायतमा बसेर अक्स्फोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थीहरुलाई रिसर्च सहजिकरण गरेका थुप्रै अनुभवहरु थिए।साथै ब्रिटिश गोरखा आर्मीका हकहितका लागि गरिएका थुप्रै प्रयास र अनुसन्धानका अनुभव पनि वहाँसंग प्रशस्त थियो तर नेपालले वहाँको दक्षताको उपयोग गर्न पाएन। यो अनुसन्धान तहको पढाई र नेपालको समग्र अनुसन्धान क्षेत्रको ठूलो नोक्सान हो। सरको देहवशान पछि आफ्नै ढिलासुस्ती, पटकपटकको सरुवा, घरबाहिरको बसाई, र इन्टरनेटको अवरोधका कारण समयमा मेरो एमफिलको पढाई पुरा हुन सकेन। यो अवधिमा मान्छेहरुको मेरो पढाई प्रतिको खिस्सिट्युरीको एकएक लेखाजोखा छ म सँग। “हामीले त सात दिनमा स्नातकोत्तर थेसिस सकेको हो” भन्ने डिग्री होल्डर्सका अगाडि म मरिहाल्न त सक्दिनथेँ तर धैर्यता भने गुमाएकि थिइन। तीन बर्षको लामो अबधीमा काम थोरै गरियो, तनाव धेरै बोकियो।

नेपाल खुला विश्वविद्यालयमा हाम्रो दोस्रो सेमेस्टर चलिइरहँदा न्युजिल्याण्डको क्यान्टरवरी विश्वविद्यालयबाट ICT in Teaching and Learning क्षेत्रमा विद्यावारिधी हाँसिल गर्नुभएका हाम्रा नयाँ शिक्षकको बायोडाटा मुडलमा अद्यावधिक भयो, “प्रोग्राम कोअर्डिनेटर इमफिल इन इङ्लिश इजुकेशन, डा. कर्ण राना”। एमफिल दोस्रो सेमेस्टरमा तीन पाठ्यभार को इन्डिपेन्डेण्ट स्टडिजमा डा. रानाका केहि प्रारम्भिक कक्षाहरु पछि अनुसन्धान प्रस्तावना लेखनका लागी शिक्षक रोज्न पाउने अवसर विद्यार्थीलाई दिइएको हुन्छ। मैले राना सरलाई रोज्दिन, जसका दुइटा कारण हुन्छन। पहिलो म डा. रानाको अगाडि प्रस्तुत हुन डराउँछु, दोस्रो मैले आइसिटी संग सम्बंधित अनुसन्धान गर्ने हिम्मत राख्दिन। सट्टमा मैले डा. लक्सम्बालाई रोज्छु र अन्तिममा डा. झा संग काम गर्छु।

खुला विश्वविद्यालयका चम्किला तारा, हाम्रा आदरणीय गुरु, डा. राना, अन्तरराष्ट्रिय स्तरको थेसिस र रिसर्च पब्लिकेशनमा जोड दिँदै विद्यार्थीको लेखनमा गुणस्तर कायम गर्न अहोरात्र खटिइरहनुहुन्छ। रिसर्च ठ्याक्कै रिसर्च जस्तै हुनुपर्छ भन्ने मान्यता बोकेका, सकारात्मक सोचका धनी, आफ्ना विद्यार्थीलाई कहाँनिर सपोर्ट आवस्यक पर्छ भनेर बुझिहाल्ने हाम्रा गुरु सबैका प्रिय हुनुहुन्छ। मेरो फाइनल डिफेन्स भएपछि थेसिसमा केहि सुधार गर्नुपर्ने थियो तर म कत्ती पनि मन लगाउन सकिइरहेकि थिइन। मे २ मा डिफेन्स सकेपछि म बेस्सरी बिरामि परेँ, फेरि कोविड भएछ मलाई। मे १२ मा सरको फोन आएको रहेछ, म क्लासमा थिएँ। पछि आँफै फोन गरेँ। कार्यप्रगती सोध्नुभयो, म काम गर्नसक्ने अवस्थामा थिइन। फेरि मे २६ मा कर्ण सरको फोन आयो। मैले काम गर्दै गरेको जानकारी सरलाई गराएँ। पछि फेसबुकबाट थाहा पाएँ, सरले दोलखाबाट मलाई फोन गर्नुभएको रहेछ। कार्यालयमा रहँदा वा नरहँदा पनि विद्यार्थीको पढाईको चिन्ता गर्नु वहाँको मुख्य बिशेषता हो।मैले मेरो थेसिसमा पुनरावलोकन गर्दै डिफेन्समा आएका टिप्पणीहरु सम्बोधन गरेर सरलाई इमेल गरें। त्यसपछि जुन १४ को एकाबिहानै फोन गरेर सरले भन्नुभयो, “उमाजी तपाईँ थेसिस बुझाउन कहिले आउने? तपाईँलाई म चिया खवाउँछु, छिटो गरेर आउनुस।“यति भएपछि मैले बुझिसकेकिथिएँ, अब मेरो थेसिस सकिएछ। विद्यालयमा समर भ्याकेसन शुरु हुन केहि दिन बाँकि थियो। त्यसैले म तुरुन्त विश्वविद्यालय जान सकिन। जुन २२ मा सर भन्दा पहिले नै म विश्वविद्यालय पुगिसकेछु। सरले दुई घण्टा बसेर फाइनल फर्म्याटिङ मिलाउनु भयो र जीबन खड्का सर (Programme Coordinator, Faculty of Social Sciences and Education) कहाँ रिफर गर्नुभयो। त्यसपछी हामीले संगै चिया पियौँ।उहाँसंग संगै चिया पिउन पाउनु मेरो जीवनको ठूलो उपलब्धी थियो, जसका लागि मैले हजारौँ रातका सपनाहरु बेचेकिथिएँ।

उहाँ मेरो रिसर्चको सुपरभाइजर हुनुहुन्न। तर मैले रिसर्च राइटिङमा गरेको संघर्ष देखेर सरले मलाई रेस्क्यु गरी उहाँको ग्रुपमा समावेश गराउनुभएको थियो। त्यहाँ त गज्जबको संस्कृति पो रहेछ। साँझ ६ बजेदेखि Microsoft Teams मा MPhil in English (Rana’s Group) मा बसेका साथीहरु एकार्काको ड्राफ्ट पढ्दै, छलफल गर्दै, सच्च्याउँदै तल्लो लेभलमा भएका साथीहरुलाई न्युनतम उपल्लो लेभलमा पुर्याउन धेरै मेहनत गर्दा रैछन। यसो गरिइरहँदा रातको १२ बजेको पनि पत्तो नै हुँदोरहेनछ। उक्त ग्रुपमा मेरो धेरै योगदान रहेन, मैले चाहिने जति सहयोग साथीहरुबाट लिएँ। मैले एक्लै मेरो थेसिस चौँध तरीकाले लेखेको छु। रानाज् ग्रुपमा जोडिएपछि मेरो अस्थिपन्जर स्वरुपमा भएको ड्राफ्टले मांसपेशी सहितको स्वरुप पायो, जसको सम्पुर्ण क्रेडिट हाम्रा गुरु डा. रानालाई जान्छ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.