अत्यन्तै दुखद खबरः ताक्लुुङमा भएकाे जीप दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु

गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा मध्यरातमा जन्ती बोकेर फर्कदै गरेको टाटा योद्धा गाडी दुर्घटनामा परेको छ । गाउँपालिकाकै वडा नं. ३ स्थित सिलिङकोटमा जन्ती आएर ताक्लुङ पोखरीछाप फर्कदै गरेको गाडी ७ गते राति करिब साढे १२ बजेतिर सिलिङ र डाँडबारी बिचको अमलडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको र १३ जनाको राति नै उद्दार गरि उपचारका लागि तनहुँको आँबुखैरेनी पठाईएको घटनास्थलबाट स्थानीय रेशम रानाले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा अझै पनि उद्दारकार्य जारी रहेकोले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटनास्थलमा अहिले प्रहरी चौकी मनकामनाबाट खटिएको प्रहरी टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको छ भने २ जनालाई भिरबाट सकुशल उद्दार गरिएको छ ।

रातको समयमा पानी परिरहेको हुदाँ ग्रामीण कचची सडकमा गाडी दुर्घटना भै सडकबाट करिब २ सय मिटर तल गाडी खसेको हो । अहिले जिल्लाबाट उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ जादैछ ।

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

पालुङटारमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा बालकल्याण मावि प्रथम

ज्ञान विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीमा सक्षमता” भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पालुङटार नगरपालिकाले अन्तर विद्यालय शिक्षक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

पालुङटारका दुई विद्यालय पुरस्कृत

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा गोरखा जिल्लाको उत्कृष्ट पालुङटारका दुई विद्यालय पुरस्कृत भएका छन् । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशद्वारा राष्ट्रिय शिक्षा दिवस २०८१

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षा दिवसका अवसरमा विद्यालयमा विविध कार्यक्रम सम्पन्

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

शिक्षा दिवसका अवसरमा विद्यालयमा अन्तरक्रिया कार्यक्रम

पालुङटार गोरखा/ असोज २ गते “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु

पालुङटार गोर्खा अभिभावक बिहिन अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामग्री वितरण सुरु गरिएको छ। नगर उप प्रमुख सँग अभिभावक विहिन अति विपन्न विद्यार्थी शैक्षिक सहायता कार्यक्रम

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

राष्ट्र व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्रीबाट प्रथम पुरस्कार

काठमाडौँ बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको ूराष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ू मा आस्था विद्या मन्दिर ९ब्ख्ः क्भअयलमबचथ क्अजयय०ि का

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.