गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली बिरूवाटारमा अाज करीब साढे ४ बजेतिर बाेलेराे दुर्घटना हुँदा ७ जना सामान्य घाइते भएका छन् ।
वडा नं. ७ काे फेदीबाट बिरूवाटार तर्फ अाउँदै गरेकाे भे.१.ज.१४४३ नम्बरकाे बाेलेराे जीप बजार क्षेत्र नजीकैकाे बाटाेकाे नालीमा परेर जीप दुर्घटनामा परेकाे हाे । साे जीपमा सवारमध्ये ७ जना सामान्य घाइते भएका थिए । फेदी भन्ने स्थानमा एक घरमा सामाजिक कार्य (ब्रतबन्ध) मा गएर फर्किएका पाहुनाहरू सवार भएकाे साे गाडीमा १४ जना सवार रहेकाे बताइएकाे छ ।
बजार नजीकैकाे उकालाे बाटाेमा अाउँदै गरेकाे जीप एक्कासी ब्याक भएकाे र साेही समयमा ब्रेक फेल भएर दुर्घटना भएकाे हुन सक्ने अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले बताएकाे छ । चालकलाइ प्रहरीकाे नियन्त्रणमा राखिएकाे र घाइते लाइ स्थानीय मेडिकलमा उपचार पश्चात घर पठाइएकाे छ ।