हावाहुरीले केराकाे बाेट ढल्दा लाखौंको क्षति

दाङ, २ असार ।

दाङको देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती भएको छ । जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नं. ३ खैरेनीस्थीत एम.डि.टि.आर. कृषि फर्ममा रोपिएका डेढ सय बढी केराका बोटहरु ढेलेको सञ्चालक डिल्लीबहादुर रावतले जानकारी दिएका छन् ।

करिव आठ कट्ठा क्षेत्रमा रोपेका विरुवाहरुमध्ये फल लागेका र फल्न सुरु गरेका करिव एक सय ५० बोटहरु हावाले ढालेको उनले बताए । ‘गर्मीमा केराका लागि पानीको आवश्यकता पर्छ । तर डिपबोरिङ विग्रिएका कारण सिचाई गर्न सकिएन्’,सञ्चालक रावतले भने,‘जस्ले गर्दा केराका बोटहरु किरा लाग्ने र हावाले ढाल्ने गरेको छ ।’

करिव तीन बर्षअघि जिल्लामै पहिलो पटक रातो केराको व्यवसायीक खेती गरेका रावतले उत्पादन दिने समयमा केराका बोटहरु ढल्दा ठुलो क्षती भएको बताउँछन् ।

‘पहिलो लटमा रोपेका एक सय मध्येका विरुवाहरु फल्न सुरु गरेका थिए, विक्री पनि राम्रो भैरहेको थियो’,उनले भने,‘तर हावाले विरुवा ढालिदिएपछि ठुलो क्षेती भएको छ ।’ रावतले तीन कट्ठा आफ्नो र पाँच कट्ठा भाडामा जग्गा लिएर व्यवसायीक रातो केराको खेती गर्दै आएका थिए ।

‘एक विरुवामा पाँचदेखि छ दर्जनजति केराहरु फल्ने गरेका थिए । विक्री पनि राम्रै हुने गरेको थियो’,उनले भने,‘तर फल्ने रुखनै ढलेपछि ठुलो नोक्सान भएको छ ।’ जिल्लामा रातो केरा एक सय ८० रुपैया दर्जन विक्री हुने गरेको उनी बताउँछन् ।

किसान रावतका अनुसार अव फर्ममा करिव डेढ सय विरुवाहरु रहेको जानकारी दिए । उनले व्यवसायीक केरा खेतीसँगै तरकारी खेती समेत गर्दै आएका छन् । पहिलो पटक तीन बर्षअघि चितवनबाट रातो केराको विरुवा दाङ ल्याएर व्यवसायी खेती सुरु गरेको उनले बताए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित

हेर्नुहोस् भिडियो सहित गोर्खाको पालुङटार नगरपालिका वडा नं ८ धुवाकोटस्थित अकाला माध्यमिक विद्यालयमा आज अकला मावि भूपू विद्यार्थी समाज ले एक कार्यक्रम गरी चिज गुरुङ,

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली पूर्णे पिपलस्थित एक महिलालाई धारिलो हतियार प्रयोग गरी अज्ञात व्यक्तिहरूले आज राति हत्या गरेका छन्। पूर्णे पिपल स्थित

सबै पढनुहोस »

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित कोलडाँडामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २३ गते सम्पन्न भएको छ। पुर्णे पिपल युवा क्लबको आयोजना र

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन

नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस

सबै पढनुहोस »
समाचार
गोर्खा संसार

मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु

गोरखा, असाेज १७ गोरखा अाँबुखैरेनी सडकखण्ड अन्तर्गत गाेरखा न.पा. वडा नं.९ ठिगुरेस्वाँरामा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा गाेरखा जिल्ला

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.