भुटानी शरणार्थी काण्डमा समातिँदै ठूला माछा, व्हेलमाछाहरूकाे भागदाैड (काे काे समातिए त अहिलेसम्म)

काठमाडौँ- 

भुटानी शरणार्थी काण्डमा अहिले ठूला माछा समातिन थालेपछि व्हेलमाछाहरूकाे भागदाैड शुरू भएकाे छ ।

हरेक दिनजसाे ठूला हाइप्राेफाइलका मानिसहरू समातिइरहेका छन । हालसम्म १२ जना समातिइसकेका छन ।

हालसम्म पक्राउ परेकाहरूमध्येका ठूलाे माछाकाे रूपमा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड रहेका छन् । त्यस्तै  अन्य पक्राउ पर्नेहरूमा खाँडका निजी स्वकीय सचिव नरेन्द्र केसी, सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काठमाडौँ टोखाका रामशरण केसी, मोरङका गोविन्द चौधरी, सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । त्यस्तै गरी सोही प्रकरणमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभनमा गिरोहले पीडितसँग १० देखि ५० लाखसम्म रकम उठाएको उजुरी प्रहरीमा परिसकेको छ । एक सय भन्दा बढी पीडितले प्रहरीकामा निवेदन दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झापा, सुनसरी, मोरङ, कास्की, अर्घाखाँची र दाङ लगायतका मानिसहरू पीडित बनेका छन् ।

सोधपुछकै क्रममा अर्का नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीको नाम खुलेपछि उनी भने फरार छन् । रायमाझी लामोसमय माओवादीकाे  सशस्त्र युद्धमा सामेल भएका व्यक्ति हुन् ।

अनुसन्धान गर्दा हिरासतमा रहेका व्यक्तिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र मञ्जु खाणकोसमेत नाम लिएका छन् । उनीहरूविरुद्ध पनि प्रहरीले प्रमाण जुटाइरहेको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.