पालुङटार ७ काे वडा कपकाे उपाधी च्याङली युनाइटेडकाे पाेल्टामा

कार्तिक २ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा सञ्चालन भएकाे चाैथाे वडा कप फुटबल प्रतियाेगिताकाे उपाधी च्याङली युनाइटेड फुटबल क्लबकाे पाेल्टामा परेकाे छ ।

असाेज २८ गतेदेखि आहालेबर  खेल मैदानमा सञ्चालन भएकाे प्रतियाेगितामा च्याङली युनाइटेड फुटबल क्लबले आज भएकाे फाइनल खेलमा खत्रीटार युवा क्लबलाइ १ – ० गाेल अन्तरले पछि पार्दै बिजेता बन्न सफल भएकाे हाे ।  बिजेता बनेसँगै क्लबले नगद रू.३५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेकाे छ । त्यस्तै गरी उपबिजेता बन्न सफल खत्रीटारले नगद रू.२१ हजार ट्रफी  मेडल र प्रमाण पत्र प्राप्त गरेकाे छ ।

खेल अवधीभरमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गाेलकर्तालाइ ट्रफी  मेडल र प्रमाण पत्र समापन कार्यक्रमका अवसरमा प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगरप्रमुख बिबश चिन्तन ले प्रदन गर्नुभएकाे थियाे ।

न्यू रियल सन स्टार युवा क्लबकाे अायाेजनामा सञ्चालन भएकाे खेलमा अन्डर १५ फुटबल खेलतर्फ प्रथम हुने न्यू रियल सनस्टार युवा क्लबलाइ नगद रू.३ हजार,ट्रफी  मेडल र प्रमाण पत्र प्रदान गरिएकाे थियाे भने  द्वित्तीय हुनेलाइनगद रू.१५ सय, ट्रफी  मेडल र प्रमाण पत्र प्रदान गरिएकाे थियाे।

समापन समाराेहकाे अवसरमा क्लबका तर्फबाट अतिथिहरू तथा सहयाेगीहरूलाइ मायाकाे चिनाे प्रदान गरी सम्मान समेत गरिएकाे थियाे । प्रमुख अतिथि नगरप्रमुख चिन्तनले खेल क्षेत्रमा अागामी दिनमा थप प्रगतिकाे कामना संगै बिजया दशमी तथा दिपावली लगायतका चाडपर्वहरूकाे शुभकामना प्रदान गर्नुभएकाे थियाे ।

खेलमा अन्डर १५ तर्फ १० र खुल्लातर्फ १८ टिमकाे सहभागिता रहेकाे थियेा ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.