आँबुखैरेनीका फुटबलर सहोदर दाजुभाईद्वारा मोफसलका फुटबल प्रतियोगिताहरुमा कब्जा जमाउदै ।

 तनहुँको आँबुखैरेनी गाउँपालिका-३, निवासी फुटबलर सन्त बहादुर गुरुङ (कान्छा) र आश गुरुङले मोफसलमा भैइरहेका थुप्रै फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छ्न । हाल, चितवनमा जारी छैठौं चितवन च्याम्पियनसिप फुटबल प्रतियोगितामा समेत सेन्ट्रल कलेज रड्स रामपुरको तर्फबाट जर्सी नम्बर १८ का कान्छा गुरुङले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छ्न । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा कान्छा गुरुङको टिम रड्स रामपुरले अभिषेक चर्च रजहरलाई ४–१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा सम्पन्न खेलमा रडस रामपुरका लागि कान्छा गुरुङले दुई गोल गरेका छ्न । त्यस्तै आशिष गुरुङ र योमीले थप एक–एक गोल गरेका थिए । खेलमा रड्स रामपुरका लागि दुई गोल गरेका कान्छा गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए । उनले पुरस्कार बापत नगद ५ हजार र ट्रफी हात पारेका छन । यसैगरि, आयोजक विजय युथ क्लब हेटौडामा जारी दोस्रो विजय युथ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनल खेलतर्फ विजय युथले बागमती प्रदेश प्रहरी गणलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पिप्ले क्याम्पा रंगशालामा भएको खेलको २०औं मिनटमा विजय युथका लागि आश गुरुङले एक मात्र निर्णायक गोल गरेका थिए। निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार बापत नगद २ हजार र ट्रफी हात पारेका छ्न । फुटबलको क्षेत्रमा उत्कृष्ट खेल मार्फत आफ्नो नाम स्थापित गराईसकेका द्वोय आश गुरुङ र सन्त बहादुर गुरुङ(कान्छा) सहोदर दाजुभाई हुन ।
श्रोत : GoalNepal.com
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.