राजकुमार श्रेष्ठ, तनहुँ ।
तनहुँकाे भानु नगरपालिका वडा नं. ३ मा बनेकाे मगर भवनकाे भानु नगरपालिकाकी उपप्रममुख अाशा थापा मगरले समुदघाटन गर्नुभएकाे छ ।
फागुन १५ गते अाइतबारका दिन मगर दिवसकाे अवसर पारेर साे भवनकाे उघाटन गरिएकाे हाे । भँगेरथान मगर समाजद्वारा साे भवन निर्माण गरिएकाे हाे । भँगेरथान मगर समाजका अध्यक्ष प्रेम बहादुर थापा मगरकाे सभापतित्वमा सम्पन्न भएकाे साे भवन समुदघाटन कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उप प्रमुख थापाले भवन उदघाटन गर्नुभएकाे हाे ।
साे अवसरमा ने.क.पा. एमाले केन्द्रिय सल्लाहाकार परिषदका सदस्य एक बहादुर रानाले बिशिष्ट अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै नेपाल मगर संघ भानु नगरपालिकाका अध्यक्ष इमान बहादुर थापा मगर लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । साे अवसरमा भानु नगरपालिका भित्र रहेका २० वटा मगर समाजका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । पञ्चेबाजासहित जातीय भेषभूषा र झाँकीहरू तथा काैरा नाचकाे समेत प्रस्तुति देखाइएकाे थियाे ।