च्याङलीमा अाठाैं पञ्चवली पूजा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

गाेरखा, मंसीर ८

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे माइ मनकामना मन्दिरमा अाठाैं पञ्चवली तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।

माइ मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराम देवकाेटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रमेश अधिकारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । वडा नंं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठकाे प्रमुख अातिथ्यतामा सम्पन्न साे कार्यक्रममा गाेरखा संसार मिडिया प्रा.लि. तथा रेडियाे बन्दीपुरका सञ्चालक रबिन्द्र कंडेल, नेपाली काँग्रेस पालुङटारका सभापति बिमल ढकाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

बेलुका ८ बजेदेखि लगभग रातभर सम्पन्न भएकाे साँस्कृतिक कार्यक्रममा राष्टिय कलाकारहरू पवन रानामगर, सरिता सारू तथा स्थानीय कलाकारहरूकाे समेत बेजाेड प्रस्तुति रहेकाे थियाे ।

कलाकार रानामगरले माया भुत्राेजाल, अालुजस्ताे केटी लगाययतका बिभिन्न गितहरू गाउनुभएकाे थियाे ।जसमा दर्शकहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । त्यस्तै सरीता शारूकाे बिभिन्न गीतहरूले कार्यक्रमकाे राैनकता बढाएकाे थियाे । कार्यक्रममा  इशा शाही ठकुरीकाे नृत्य तथा स्थानीय कलाकारहरूकाे गीत तथा नृत्यले थप राैनकता ल्याएकाे थियाे ।

बिगत ८ बर्षदेखि साे मन्दिरमा हरेक बर्ष मंसीर पञ्चमीका दिन हरेक बर्ष पञ्चवली पूजा तथा साँस्कृतिक कार्यक्रम गरीँदै अाइएकाे छ ।

उक्त मन्दिर स्थानीय माेतीलाल श्रेष्ठका छाेराहरू भक्त कुमार श्रेष्ठ र शिवलाल श्रेष्ठले अाफ्नै लगानीमा निर्माण गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.