“आदिवासी भोक” लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् ।

लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता शास्त्र र दर्शन नभएको तर विचार भएको विधा बताएका थिए । त्यही विचारको प्रतिनिधित्व गर्दै आदिवासी भोकको सिर्जना भएको बताउँदै कुलपति राईले भने “त्यसो त आदिवासी आमाको कोखबाट जन्मिएकीले पनि त्यो भोकलाई नजिकबाट बुझेकी हुनुपर्छ ।”

प्रमुख अतिथिलाई राई जातिको फेटासमेत गुथाईदिएपछि भावकु हुँदै कुलपति भूपाल राईले भने “अन्य समयमा आफ्नो संस्कारबमोजिम आफ्नो समुदायले गुथाइदिने फेटाभन्दा आजको फेटा विशेष थप गरुँगो लागेर मनलाई बढी भावुक बनायो ।

कवि एवम् निबन्धकार कुमारी लामाले कविता कृति र कवि देवकी अभिलाषीका बारेमा अत्यन्तै सुन्दर एवम् सटीक समालोचकिय मन्तव्य राखेकी थिइन् । समालोचक कुमारी लामाले आदिवासी इतरकी देवकीले आदिवासी भोक ल्याउनुलाई हिम्मतसँग दाँजेकी थिइन् । “एउटा कविले आफ्नै देश र परिवेश निर्माण गर्ने भएकोले हिम्मतसाथ देवकी त्यस बाटोमा हिडेकी छिन् ।” लामाले मन्तव्यको क्रममा बताइन ।

कवि उमेश अकिञ्चनले कवि देवकी अभिलाषी कविमात्रै नभएर गीतकार र गायिका पनि रहेको र तामाङ सेलो ‘याम्बुको सहरमा’ देवकीले आफ्नै रचनामा रहेको शब्दलाई स्वरमा उतारेको खुलासा गरेका थिए । पत्रकार, समालोचक राजकुमार बानियाँले देवकी अभिलाषी कविताहरू समग्रमा अत्यन्तै राम्रो रहेको कुरा बताए । आफूलाई नेपाली भाषा पढाउने शिक्षकको अगाडि पुस्तक लोकार्पण भइरहेको सन्दर्भलाई जोड्दै कवि देवकी अत्यन्तै भावुक भएकी थिइन् ।

एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिकाद्वारा प्रकाशित कविता सङ्ग्रह आदिवासी भोकमा ४२ कविता छन् । उर्वरा फाउण्डेशनको आयोजनामा भएको कार्यक्रमको सभापतित्व उषा शेरचन र सञ्चालन बाबु त्रिपाठीले गरेका थिए । देवकी अभिलाषी बहिनी नेपाली राइटर एसोसिएसनकी सचिव, उर्वरा फाउण्डेशन नेपालको अध्यक्ष तथा उर्वरा पत्रिका प्रकाशक र प्रधान सम्पादक पनि हुन् ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.