अन्तर्राष्ट्रिय फिल्म छायांकनको गन्तव्यस्थल बन्दै नेपाल

काठमाडौं । चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्मको छायांकन भएको छ । डकुमेन्ट्री, वेब सिरिज र कथानकसहित फिल्म नेपालमा छायांकन गरिएको हो । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।

सरकारले पटक–पटकको बजेटमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सुटिङ हबको रुपमा विकास गर्ने बताएपनि सोहीअनुसार विदेशी फिल्मलाई आकर्षित गर्न प्रोत्साहन र सुविधाका कार्य हुन सकेका छैनन् । यद्यपि, छायांकन भइसकेका फिल्मको उक्त तथ्यांक आफैंमा खुसीको कुरा हो ।

नेपालमा छायांकन गर्नेमा भारत, अमेरिका र बेलायतका फिल्म बढी छन् । त्यसबाहेक आइसल्याण्ड, फ्रान्स, पोल्याण्ड, जर्मनी, जापान, नेदरल्याण्ड्स, डेनमार्क, स्वीडेन, दक्षिण अफ्रिकी फिल्म समेत नेपालमा खिचिएका छन् । पछिल्लो वर्षमा नेपालमा छायांकन गरिएका ठूला फिल्महरुमा हलिउडको डक्टर स्ट्रेन्ज, एभरेस्ट थ्रीडी, बलिउडको उचाइ हुन् । लियान नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइसरोड’को दोस्रो श्रृंखला नेपालमा छायांकन गर्ने तयारी छ ।

विदेशी फिल्मको नेपाल व्यवस्थापन हेर्ने लाइन-प्रोड्युसरहरुका अनुसार आगामी दिनमा नेपालमा छायांकन हुने फिल्मको संख्या अझै बढ्न सक्छ । त्यसमध्ये एक थ्री हिव्लर्स नेपालका सुरज आचार्यका अनुसार केही विदेशी फिल्महरु नेपालमा छायांकन गर्न आउने तयारीमा छन् । आर्थिक २०७८/७९ मा नेपालमा २६ विदेशी फिल्मको सुटिङ भएको थियो भने २०७६/७७ मा यो संख्या ५५ थियो ।

यतिबेला नेटफ्लिक्स फिल्म ‘फिफ’को छायांकन नेपालमा भइरहेको छ । यो फिल्मका लागि भारतबाट १३७ जनाको टोली नेपालमा छ । यी फिल्मको छायांकनबाट नेपालीले रोजगारी पनि पाउने गरेका छन् । फिफ फिल्मबाट दैनिक २०० जना नेपालीले रोजगारी पाएको तथ्यांक छ भने अमिताभ बच्चन र अनुपम खेर स्टारर बलिउड फिल्म उचाइले नेपालमा १८ करोड खर्च गरेको अनुमान छ । पछिल्लो ६ वर्षमा ४२ अमेरिकी, ३५ बेलायती, ३० जापानी, २५ भारतीयका धेरै फिल्मको छायांकन भएका छन् । – अनलाईन खबरबाट

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.