Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
प्रेम सापकोटा सोनुले ल्याए प्रदेशी नेपालीहरुको यथार्थ कहानि समर्पित गित 'पिरै मात्रै पर्छ' भिडियोसहित

प्रेम सापकोटा सोनुले ल्याए प्रदेशी नेपालीहरुको यथार्थ कहानि समर्पित गित ‘पिरै मात्रै पर्छ’ भिडियोसहित

  • Kabiraj Dhakal
  • खाना खाए साथीले किन्देर, भाडा तिरे उसैले रिन्देर
  • कोरोनाले छ संसार जलेको , छैन आमा मेरो काम चलेको
पिरै मात्र पर्छ ,  काम पनि छैन आमा, सन्चो नि छैन आमा कसरि पठाम आमा हजुरलाई घर खर्च ।

यो मुटुछुने शब्द सहित धेरै नेपलाीहरुको बास्तविकता लोकप्रिय सर्जक तथा कुशल गायक प्रेम सापकोटा सोनुले गीतमा उतारेका छन ।

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

यसै क्रममा लोक प्रिय गायक सर्जक प्रेम सापकोटा सोनुको मनछुने दशै गित ‘पिरै मात्र पर्छ’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ , जसमा लय/शब्द/स्वर प्रेम सापकोटा आफ्नै रहेको छ ।

पछिल्लो समय धेरै नेपालीहरु कोरोना महामारीका विच विदेशबाट नेपाल आउन पाएका छैनन् । त्यति मात्र होइन आफुले काम गर्ने कम्पनी बन्द भए पछि खान बस्न पनि निकै समस्या परिरहेको छ । यहि पिडा र बेदना उनले आफ्नो गीतमा उतारेका छन । आफैले निर्देशन गरेको सो गीतको हरेक शब्द मुटुछुने खालका छन भने प्रेमले मन छुने लय सहित मुटुछुने आवाज समेत दिएका छन ।

गीतलाई नेपाल र जापान गरि दुई भागमा निमार्ण गरिएको छ । प्रेमका आफ्नै आमा बुबालाई पनि गीतमा देख्न सकिन्छ भने मुख्य भुमिकामा सिसिआर पाण्डेको समेत अभिनय रहेको छ ।

गीतको सफलताको कामना सहित सो गीतको म्युजिक भिडियो यहाँहरुको लागी :

https://youtu.be/e5AyI4_P228

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.