करन न्यौपानेको सृर्जनामा भाईरल गायिका आयुषा गौतम र सरिता कार्कीको तीज गित ‘दिदी बहिनी हो नि माया’ [भिडियोसहित]

कविराज ढकाल , काठमाडौ नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा पछिल्लो समयकि भाईरल गायिका आयुषा गौतमको दोस्रो तीज गीत गायिका सरिता कार्कीसँगको सहकार्यमा बजारमा आएको छ । करण न्यौपानेको शब्द र संगीतमा रहेको यो गीतलाई संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन् । गित युटुवको ट्रेडिगमा रहेको छ |

सहगायनमा गायिका डोल्मा लामिछाने मगर र मीना श्रेष्ठले साथ दिएका छन् । गायिका सरिता कार्की चल्तीकी गायिका हुन् । उनका लाउँछ माया, निष्ठुरे, मायालु हजार, खोलीमा जलुका जस्ता गीतहरु बजारमा चर्चित छन् । त्यसो त उनका तिज गीत पनि उत्तिकै चर्चा बटुल्न सफल भएका छन् । यसपालीको तीज गीतमा गायिका कार्कीले बालगायिका आयुषा गौतमसँग सहकार्य गरेकी छन् । तीज गीतमा दिदीबहिनीको मायालाई प्रस्तुत गरिएको छ । यसपाली तीजमा भिनाजु खोज्न बहिनीले आग्रह गरेकी छन् ।

यस गीतको म्यूजिक भिडियोमा पनि सरिता र आयुषाले नै मुख्य भूमिका निभाएका छन् । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । दुर्गा पौडेलको छायाँकन रहेको यस भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् । साइभिजन प्रालिले भिडियोको पोष्ट प्रोडक्सन गरेको छ ।

भिडियोलाई सरिता कार्कीको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितको म्युजिक भिडियो हेर्नुहोस् :

गितले सबैको मन जितोस् हाम्रो तर्फवाट शुभकामना

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.