लोकप्रिय कलाकार सम्झना भण्डारीको आवाजमा नया तीज गीत ‘बारुली कम्मर’ सार्वजनिक [भिडियो सहित]

  • ३१ आषाढ , गोरखा

कविराज ढकाल , गोरखा नेपाल || पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ | समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् | कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् | यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ||  लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कहिले सांगितिक बजारमा तिजका गित , कहिले दशै तिहार त कहिले चाडपर्व विशेष गित हरु बजारमा आईरहेको छ | सोहि क्रममा तिज पनि नजिकिदै छ | कलाकारहरुले चेलिको पिर व्यथा , समसामयिक घटनालाई समेटेर तिज गित बजारमा पठाईएका छन् |

यसै सन्दर्भमा लोकप्रिय गायिका सम्झना भण्डारिको आवाजमा रहेको नया तिज गित ‘बारुली कम्मर’ सार्वजनिक भएको छ |

धुर्व शर्माको शब्द , संगीत र स्वरमा सार्बजनिक गरेका शर्माको ‘बारुली कम्मर’ गीतमा चर्चित गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् । गीतले कोरोना महामारीका बेलामा घर बाहिर जान नपाएपनि घरमै बसेर दर खाएर रमाईलो गर्नुपर्ने सन्देश दिन खोजेको छ ।

गीतलाई औषधी पसल अनलाइन फार्मेसी र होटल तिरुपती पोखराले संयुक्त रुपमा बजारमा ल्याएको हो । गीतको भिडियोमा चर्चित नृत्य निर्देशक शंकर बि.सी., ऋतु तामाङ, प्रल्हाद शर्मा र अस्मिता शर्माले अभिनय गरेका छन्  भने गितको म्युजिक भिडियो शंकर वि.सीको निर्देशमा रहेको छ |

गीतको म्युजिक भिडियो हेर्नुहोस् :

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.