फागुन ०२ गते शुक्रबार २०८१
प्रतिक गुरुङ
तनहुँ :तनहुँ जिल्लाको भानु नगरपालिका वडा न: १० चोककोट गाउँ चिनाउने कौरा ,,चुट्का ङोलो ङोल्स्योको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। उक्त गितमा गुरुङ समुदायको महान पर्व ल्होसारको अबसरमा विभिन्न कार्यक्रम हुने गर्दछ । र ल्होसारको बेलामा ङोलो ङोल्स्योले माया प्रेम लगाउने कुरा गितमा व्यक्त गरिएको छ । साथै चोककोट गाउँको बारेमा पनि गितमा चर्चा गरिएको छ । चोककोट गाउँको धार्मिक स्थल मठ मन्दिरहरु पनि म्युजिक भिडियोमा देख्न सकिन्छ ।
यस म्युजिक भिडियोमा बिजय पुन मगर ,गणेशमान घले, चाहाना राना मगर , र नानु घलेको अभिनय रहेको छ । यस गितमा शब्द सिर्जना अनु गुरुङ र धन कुमार गुरुङको रहेको छ । भने लय सिर्जना युनिक थापा मगरको रेहेको छ । यस गितमा स्वर आर के गुरुङ र नितु पुन मगरको रहेको छ ।उक्त गित बिजय थापा पत्थरको मुटु युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
