Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
बादी समुदायको कथालाई समाबेश गरिएको गीत "उडेको चरी" सार्वजनिक

बादी समुदायको कथालाई समाबेश गरिएको गीत “उडेको चरी” सार्वजनिक

काठमाडौं, नेपाल । गीतकार, निर्देशक डि .आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि. आर. सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा. लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्तोता समाजका अध्यक्ष शिब हमाल, कलाकार नन्दराम बादी, कलाकार पार्वती बादी, लोकप्रिय गायिका देबी घर्ती, नायिका सबिना कार्की, नायिका रोशनी कार्की, अधिवक्ता भिम प्रसाद पौडेल, प्रिया पोखरेल, सुर्य ओली लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रममा राज कुमार रायमाझीले कार्यक्रम सञ्चालन गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” रहेका थिए । कार्यक्रममा सेतो घर की नायिका प्रिया पोखरेलले स्वागत मन्तब्य राखेकी थिईन् ।

“उडेको चरी” नामक गीतमा लोकप्रिय गायिका देबी घर्तीको स्वर रहेको छ भने डि.आर. सुजनले स्वरमा साथ दिएका छन् । यस गीतमा डि.आर. कै शब्द, संगीत रहेको छ । बहुप्रतिभाका धनी ब्यक्तित्व डि.आर. सुजन कै निर्देशन रहेको छ भने रेशम दर्लाको छायांकन, मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा डि.आर. सुजन, रोशनी कार्की, सुर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । उडेको चरी गीतको भिडियोमा सुदुरपश्चिममा रहेका बादी समुदायका यथार्य घट्ना र पिडाहरुलाई चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन छ । अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव एवं प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले डि.आर. सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए । उनका गीतका कथाहरुबाट सुजनबाट हामीले सिक्न सक्छौं भन्ने कुरालाई प्रष्ट पारेको उनको बुझाइ छ । उनले डि.आर. सुजनका दुवै सिर्जनालाई सफलताको शुभकामना दिएका छन् ।

डि.आर. सुजनले आफ्नो गीत “उडेको चरी” गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताए । गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनले प्रष्ट पारे । सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ । कथामा पुरानो नेपाली कलालाई झल्काउने प्रयास गरिएको उनले बताए ।

यस कथालाई उडेको चरीमा समाबेश गरेपछि बिमोचन कार्यक्रममै पार्वती बादीले रुदै भनिन् “डि.आर. सुजन भाईले हाम्रो बादी समुदायको कथालाई समेटिनु भयो । काठमाडौं सम्म कार्यक्रममा बोलाउनु भयो यस प्रती आभारी छु । सरकार र अन्य ब्यक्तिहरुले बादी समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन । सरकारले बादी समुदायहरुको लागी केही पनि गर्न सकेको छैन । बादी समुदायमा शिक्षाको अभाब छ । अब बादी समुदायमा सरकारले शिक्षा र ज्ञानको ज्योती छर्न जरुरी छ । मलाई पनि बादी भन्दा अन्य समुदायले गलत नजरले हेर्ने गर्छन् । हाम्रो बादी समुदायलाई अब मिडियाहरुले पनि साथ दिन अनुरोध गर्दछु । साथै हाम्रा मागहरुलाई सरकार समक्ष पुुराउनका लागी सहयोग गरिदिन अनुरोध गर्दछु ।”

बहुप्रतिभाका धनी ब्यक्ति डि.आर. सुजन भन्छन् “यो बिषय बस्तुमा २ बर्ष जती अध्ययन गरेर यो गीत बनाएको हुँ । बादी समुदायको बारेमा सुनेको त थिए तर बादी समुदायमा नै पुगेर सबै अध्ययन गरेर २ बर्षमा यो गीत तयार पारेर निर्माण गर्न सफल भए । उहाँहरुको अवस्था र पिडा देखेर मेरो मन रोएको थियो । यस गीत निर्माण गर्न सुर्य ओली दाई लगायत अन्य टिमले साथ दिनु भयो । यसप्रती आभारी छु । साथै यस बिमोचन कार्यक्रममा उपस्थित भई मलाई साथ दिनुहुने पत्रकार मित्रहरु प्रती आभार प्रकट गर्दछु । यस गीत उडेको चरी र टेली श्रृङ्खला सेतो घरलार्ई सबैले माया गरिदिनुहोला । केही कमी कमजोरी भएमा प्रतिक्रिया जनाईदिनुहोला ।”

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.