पठन पाठन कार्य नगराउन प्रधानाध्यापककाे निर्देशन

रामशाह माध्यमिक विद्यालय
आँबु खैरेनी-३, तनहुँ
मिति:२०७७ श्रावण २८ गते
हार्दिक अनुरोध
कोरोना महामारीले सारा विश्व जगत नै आक्रान्त बनिरहेको यस परिस्थितिमा हदैसम्म को सुरक्षा प्रबन्ध मिलाउनु आजको आवश्यकता हो । विगत केही दिन अघिदेखिको कोरोना संक्रमणको नतिजालाई हेर्दा हाम्रो देशमा समुदायस्तरमै कोरोना फैलिसकेको अनुमान गरिएको छ । हाम्रै वरपरको क्षेत्रहरू बन्दीपुर, भानु तथा मुग्लिङ वरिपरि पनि कोरोना संक्रमण बढ्दो रुपमा फैलिएको पाइएको छ। यस्तो विकराल परिस्थितिमा पनि यस विद्यालयका केही शिक्षक साथीहरु आर्थिक उपार्जनको लागि विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई एकै ठाउँमा भेला गराई ट्युसन तथा कोचिङ कलासहरु एवं होम ट्युसनहरु सञ्चालन गरिरहेको गुनासो हाम्रा केही अभिभावकहरुबाट सुन्नमा आएको छ । वर्तमान परिवेशमा पैसा भन्दा जीवन ठूलो हो भन्ने यथार्थता बुझ्न नसक्नु महामुर्खता हो । जीवन रहे आगामी दिनहरुमा जति पनि पढाउन सकिन्छ, जति पनि कमाउन सकिन्छ । सरकारले जारी गरेको सूचनामा पनि हाल ट्युसन र कोचिङ जस्ता कार्यलाई अक्षम्य अपराध सरह मानेको छ । त्यसैले विश्वव्यापी यस संकटको घडीमा यस्ता गलत किसिमका कदमहरु नउठाउनका लागि म यहाँहरुलाई बिनम्र अनुरोध गर्दछु । साथै यस विद्यालयका कुनै पनि विद्यार्थी भाइबहिनीहरुलाइ कुनै पनि ट्युसन क्लासमा संलग्न नहुन र आँबुखैरेनी क्षेत्रका अभिभावकहरू , घरबेटिहरुलाइ आफ्नो घरमा शिक्षण कार्यको लागि यस विद्यालयका कुनैपनि शिक्षकहरुलाई प्रवेश तथा अनुमति नदिनु हुनको लागि म हार्दिक अपिल गर्दछु । यस सूचनाको बर्खिलाप गरी कोही शिक्षकहरु मनोमानी ढंगले अगाडि बढ्नु भएमा यसले समाजमा पर्न जाने गम्भीर क्षतिको भागेदार तपाई स्वयं नै हुनुपर्ने र यस किसिमको कार्यबाट विद्यार्थी जगत र समाजमा गम्भीर क्षति हुन गएमा संक्रामक रोग ऐन २०२० उल्लंघन अपराध अनुसारको कारबाही निज शिक्षकलाई हुन गइ विद्यालयको प्रतिष्ठामा गम्भीर आँच आउने हुनाले यस्ता कार्यको विद्यालय परिवार घोर निन्दा र विरोध गर्दछ। त्यसैले पुनः एकपटक देशमा सहज वातावरण नहुन्जेलसम्म यस्ता शैक्षिक गतिबिधिहरु पूर्णरूपमा बन्द गरि दिनु हुनको लागि सम्बन्धित शिक्षकहरुलाई अनुरोध गरिन्छ ।
# स्वस्थ रहौ, सुरक्षित बनौ…!!! आफु बाँचौ, अरुलाई पनि बचाऔं…!!
प्रधानाध्यापक
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.