प्रश्न पत्र निर्माण सम्बन्धी १ दिने कार्यशाला सम्पन्न

भाद्र १६ गते शनिबार
गणित शिक्षा परिषद् कोशी प्रदेश द्वारा आयोजित मा. वि. र आधारभुत. तहका लागि गणित बिषयको प्रश्न पत्र निर्माण सम्बन्धि १ दिने कार्यशाला इटहरीमा भाद्र १६ गते शनिबार सम्पन भएको छ।
गणित शिक्षा परिषद् कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टको अध्यक्षता र शिक्षा ,युबा तथा खेलकुद महाशाखा इटहरीका अधिक्कृत फाल्गुनि प्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यशालाको सम्योजन गणित शिक्षा परिषद् जिल्ला शाखा सुनसरी रहेको थियो भने एलाइड पब्लिकेशन काठमाडौँ प्रायोजक रहेको थियो ।
परिषद्का कोषाध्यक्ष भरत शाक्य द्वारा सञ्चालित उद्घाटन सत्रमा परिषद् सदस्य जनक ढकालले स्वागत मन्तब्य राखेका थिए भने कार्यशालाका परिकल्पनाकार तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका सल्लाहकार एवम् पुर्ब केन्द्रीय सदस्य दण्डपाणी गौतमले कार्यक्रम माथि प्रकाश पारेका थिए उद्घाटन समारोहमा प्रमुख अतिथी फाल्गुणी प्रसाद काफ्ले, एलाइड पब्लिकेशनका अध्यक्ष सन्जिब सत्याल र मार्केटिङ म्यानेजर बिनोद उपाध्यायले शुभकामना मन्तव्य राखेका थिए।
विशिष्ट अतिथि रहेका पाठ्यक्रम विकास केन्द्रका का बिषय विज्ञ राम चन्द्र ढकालले कक्षा ९-१० को प्रश्न पत्र निर्माण कार्यशालामा सहजिकरण गर्नुभएको थियो भने प्रशिक्षक तथा गणित बिषयका विज्ञ सुशिल खनालले कक्षा ६-८ को प्रश्न पत्र निर्माण कार्यशालामा सहजिकरण गर्नुभएको थियो।
कोशी प्रदेशका १३० जना गणित विषयका शिक्षकहरु सहभागी भएको कार्यशाला लाई मा.वि. तह र आधारभूत तह गरि २ समुहमा विभाजन गरिएको उक्त कार्यशालामा सहभागी हरु सक्रिय रुपमा समुहगत छलफलमा सहभागि भएका थिए साथै यो कार्यशाला एकदम फलदायी रहेको र यस्ता कार्यक्रमहरुको निरन्तरताको अपेक्षा रहेको सहभागी हरुले बताएका थिए।
सहभागी हरुका तर्फबाट झापा शाखा अध्यक्ष सोम नाथ बराल, मोरङ्ग शाखा अध्यक्ष हरि प्रसाद पराजुली र लोक बहादुर खड्काले आ- आफनो बिचार ब्यक्त गरेका थिए।
समापन समारोहमा प्रशिक्षक द्वय र प्रायोजक लाइ मायाको चिनो प्रदान गरिएको थियो भने सहभागी शिक्षक हरुलाइ प्रमाण पत्र प्रदान गरिएको थियो। कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापती तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका अध्यक्ष सन्तोष बिष्टले गणित शिक्षालाइ अगाडि बढाउन यस्ता कार्यक्रम , तालिम तथा गोष्ठी हरु गर्दै जाने घोषणा गरेका थिए ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.