पालुङ्टार ७ मा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न

असार ३१ गते आइतबारका दिन पोखरा विश्वविद्यालय जनस्वास्थ्य समुह क विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको अन्तिम सामुदायिक प्रस्तुतिकरण कार्यक्रम सुसम्पन्न भएको छ । उक्त कार्यक्रम टिम लिडर समुन्द्र लगुनको अध्यक्षतामा सम्पन्न गरिएको थियो । साथै कार्यक्रममा पालुङ्टार न पा ७ गोरखाका वडाध्यक्ष अर्जुन बहादुर कुमालको प्रमुख आतित्थ्यता रहेको थियो भने पोखरा विश्वविध्यालयका प्रध्यापक चिरन्जिवी अधिकारी, पालुङ्टार ७, का विभिन्न टोलबाट स्यामकाजी खत्री, चीज कुमार श्रेष्ठ, विकास परियार लगाएतका अध्यक्षहरू साथै प्रतिनिधि भोजवहादुर राना, स्वास्थ्य चौकी प्रमुख भरतराज पाण्डे, आमा समुह अध्यक्ष सृजना कुमाल, नानुमाया कुमाल, लगाएतका प्रतिनिधिहरू, जीवनज्योती मा वि का शिक्षक तथा रेडीयो बन्दीपुर र गोरखा संसारका संचालक रविन्द्र कंडेल, सामुदायिक स्वास्थ्य महिला स्वयं सेविका सम्झना कुमाल, सररस्वती वाग्ले ढकाल लगाएत अन्य टोल समुदायका प्रतिनिधि, सुर्य मेमोरियल बोर्डिङ् का शिक्षिका तथा विद्यार्थी, साधारण जनसमुदायको आतित्थ्यता उपस्थिति रहेको थियो । कार्यक्रममा पालुङ्टार ७ च्याङ्लीको समुदायबाट ४०० घरधुरीबाट करिब जम्मा घरधुरीको २७ प्रतिशत घरधुरीबाट स्तरिकृत विधिबाट नमुना तथ्यांक संकलन गरि विश्लेशण गरेर प्राप्त मुख्य मुख्य तथ्य विवरणहरू प्रस्तुत गरिएको थियो । जसमा जनसांख्यिक, सरूवा तथा दिर्घ रोग, सन्तुलित अहार, मातृशिशु स्वास्थ्य, वातावरणिय स्वास्थ्य सम्बन्धि विवरणहरू थिए । समुदायका नमुना सर्वेक्षण अनुसार धेरैजसो परिवार संयूक्त तथा बृहत र केहि एकल परिवार लगभग बराबर जस्तो लैंगीक अनुपात रहेको अधिकांश मानिसहरू कृषि पेशा र अन्यमा वैदेशिक रोजगार, व्यापारव्यवसाय, सरकारी गैर्सरकारी, दैनिक ज्यला जस्ता पेशामा आवद्द रहेको पाइएको थियो । एक महिने प्रयोगात्मक फिल्ड अभ्यासका क्रममा संकलित तत्थ्य विवरण अनुरूप अधिकांश जनसमुदाय पिउने पानीको लागि मुहान कुवा तथा धाराको पानीमा निर्भर रहेको र समुदायमा शुद्ध पिउने पानीको समस्या तथा फोहोर व्यबस्थापनको समस्या प्रमुख समस्याको रूपमा पाइएको थियो । शुद्ध पिउने पानीको समस्यामा केन्द्रित रहि यसअघी समुदायवासिन्दाहरूलाइ लक्षित गरि शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सम्पन्न भएको थियो । यसअघि विद्यार्थी जनचेतना अभिवृद्दि गर्ने उधेश्य राखी जीवनज्योती मा वि कक्षा ८ र ९ का विद्यार्थीहरूलाइ लक्षित गरि विद्यालय स्वास्थ्य कार्यक्रम पनि संचालन भएको थियो । उक्त कार्यक्रमका कार्ययोजना पनि प्रस्तुत गरिएको थियो । साथै समुदायमा सरूवा रोगमध्य झाडापखाला, ज्वरो रूघाखोकी र दिर्घ रोगमध्य उच्च रक्तचाप, मधुमेह, दम जस्ता समस्याहरू प्रमुखमात्रामा रहेका बताइउएको थियो । जनसमुदायका धारणाअनुसार सरूवा रोगका मुख्य कारणहरूमा अशुद्ध पिउने पानी, दुषित बासी खानेकुरा, सरसफाइको कमी जस्ता कारण र दिर्घ रोगका मुख्य कारणहरूमा खानपानमा ध्यान नहुनु, विलिसिता जीवनशैली जस्ता कारण रहेको प्रस्तुतीकरणमा बताइएको थियो ।
धेरैजसो मानिसहरू परम्परागत चुलोमा र ग्यास चुलोमा खाना पकाउने गरेको पाइएको बताइएको थियो । सबै घरमा चर्पीको व्यवस्थापन भएता पनि अझै आधाजसो नमुना लएका घरधुरीहरूमा साबुनपानीसहितको सफा चर्पी व्यवस्थित गर्नुपर्ने र त्यसको उचित प्रयोग गरिनुपर्ने वताइको थियो ।
अधिकांस समुदायका मानिसहरू स्वास्थ्य सेवाको पहुचमा रहेको र सेवाको सदुपयोग गरिरहेको न्यून मात्रामा अझै पहुचमा नरहेको विवरण प्रस्तुत गरिएको थियो । मातृशिशु स्वास्थ्यसेवा तथा पोषणको सेवा पनि सबैजसोमा पुगेको र न्युन मात्रामा अझै पुर्याउनुपर्ने विवरण प्रस्ततुत गरिएको थियो । स्वास्थ्य सम्बन्धि सुचनाहरू प्राय स्वास्थ्यकर्मी, सामाजिक संजाल र केहिमा छरछिमेक बाट पाउने गरेको तत्थ्य बताइएको थियो । ४०० घरधुरीका उत्तरदाताहरू मध्ये केहिले नियमित स्वास्थ्यजाच गराइराखेका र अधाभन्दा कम उत्तरदाताहरूले स्वास्थ्य विमा गराएका भन्ने तत्थ्य वताइएको थियो । परिवार नियोजनको सेवा पनि अधाभन्दा बढीले लिनुभएको प्रस्तुतीकरणमा बताइएको थियो ।
त्यसका साथै समुदायबाट संकलित जानकारीका अधारमा तयार पारिएको पालुङ्टार ७ को, सामुदायिक नक्सा, मौसमी पात्रो, जनसमुदायको दैनिकी, घटनाक्रम, गतिशिल नक्साहरू पनि प्रदर्शनी तथा प्रस्तुती गरिएको थियो ।
सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगत समुह क का टिम लिडर समुन्द्र लगुन लगायत प्रकृति रेग्मी, अर्चना सापकोटा, अस्मिता रानभाट, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, सदिक्षा भण्डारी,   प्रेक्षा धामीले तत्थ्यांक विवरण बाट खोज गरेर प्राप्त भएका मुख्य विवरणा प्रस्तुत गरेका थिए ।
यसै क्रममा कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अतिथिहरूले सल्लाह सुझावका साथै शुभकामना मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो । जस क्रममा पालुङ्टार ७ च्याङ्लीका स्वास्थय चौकी प्रमुख भरतराज पाण्डेले सुझावसहितको मन्तव्य राख्ने क्रममा फिल्डअभ्यासमा अझै धेरै सुधार गर्न सकिने कुराहरू रहेको, आएका तत्थ्यांकहरूलाइ अझै तत्थ्यमा आधारित रहेर अन्तिमरूप दिएर प्रतिवेदन तयार गर्दासम्म अझै सोचेजस्तो वास्तविकतामा नजिक हुनेकुरा सुझाउनुभएको थियो, नमुना तत्थ्यांक संकलन भएका कारण सतप्रतिशत प्रतितिधत्व गर्न नसकेपनि उक्त तत्थ्यांकले धेरै हदसम्म समुदायको स्वास्थ्यस्थितिबारे प्रतिनिधित्व गर्ने र विद्यार्थीको अध्ययन उधेश्यप्राप्तीमात्र नभइ यस्ता खालका अध्ययन अनुसन्धानमुलक खेजहरूले भविश्यमा योजना बनाइ स्वास्थ्य प्रवधर्नमा पनि सहयोग गर्ने बताउनुभयो । उहाँले स्वास्थ्यचौकी बाट प्रदान गरिने स्वास्थ्यसेवा हरू सबैव्यक्तिको पहुचमा पुराउनका निम्ति आफूले सक्दो कार्य गरेको र अझैपनि समुदायमा जनचेतना अभिवृद्धि गर्नुपर्ने विशेष गरि चर्पी मा साबुनपानिको सहि प्रयोग, उमालेर वा शुद्धिकरणा गरेको पानी पिउनुपर्ने साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने कुरा पनि जनसमुदायमा सचेत गराउनुभयो । यसै क्रममा पोखरा विश्वविद्यालयका प्राध्यापक चिरन्जीवी अधिकारीले पनि आफ्ना सुझावहरू राख्दै तत्थ्यांकका अधारमा समुदायका धेरै स्वास्थ्य सुचकहरू सकारात्मक रहेको र स्वास्थ्य सेवाको उपयोगिता, तथा स्वास्थ्य विमामा पहुच र स्वस्थ जीवनशैली अपनाउनुपर्ने कुरा जानकारी गराउनुभको थियो । अतिथि तथा पालुङ्टार ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालले फिल्डमा आएका विद्यार्थीहरूको कार्यको प्रसंशा गर्दै अझै भविश्यको सफलताको कामना गर्नुभएको थियो साथै समुदायको स्वास्थ्य तथा सरसफाइ प्रवर्धन गर्नका लागि आफू निरन्तर कटिवद्ध रहेको र निकट भविश्यमा पनि योजनावद्ध तरिकाले जनसमुदायमा स्वास्थ्यप्रवर्धन, जनचेतना अभिवृद्दीका लागि वडास्तरबाट बाकि भएका काममा लागि पर्ने विस्वास व्यक्त गर्नुभयो । अन्य अतिथिहरूले पनि सोहि कुराहरूलाइ उदृत गर्दै आआफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम प्रयोगात्मक फिल्ड अभ्यासका समुह क का टिम लिडर तथा उक्त अन्तिम सामुदायिक प्रस्तुतिकरण कार्यक्रमका सभापति समुन्द्र लगुनले मन्तव्यकै क्रममा एक महिनको फिल्ड अभ्यासका क्रममा वडा समुदायबाट अत्यन्त राम्रो साथ सहयोग प्राप्त गरेको, समुदायमा रहदा धेरै कुराहरू सिक्ने अवसर प्राप्त गरेको पनि वताउनुभयो । साथै समुदायबाट प्राप्त साथ सहयोग सल्लाह सुझाव लाइ आत्मसाथ गर्दै अध्ययनकार्यमा आफूहरू अघि बढ्ने कुरा बताउँदै यसै फिल्ड अभ्यासको पुर्ण प्रतिवेदन तयार गरि अध्ययनका सबैकुराहरू उल्लेख गरि जानकारी प्रदान गर्ने कुरा बताउनुभएको थियो साथै प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग पुर्याउनुहुने सल्लाह सुझाव प्रतिक्रिया दिनुहुने सबैप्रति आभार धन्यवाद व्यक्त गर्दै आउँदा दिनमा पनि अझै साथ सहयोग सल्लाह सुझाव प्राप्त गर्ने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.