निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा भण्डारी बिजयी

गोरखा ८, पुस ।

निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा सुर्य भण्डारी बिजयी हुनुभएको छ । गएराती भएको निर्वाचनमा भण्डारी १३४ मत ल्याएर बिजयी भएको हो । भण्डारीको प्रतिस्पर्धी  होमबहादुर बानियाँले भने ९८ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।

भण्डारी र बानियाँले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । मत परिणाम भने मिश्रीत आएको छ । अध्यक्षमा बानियाँले हार ब्यहोरे पनि उहाँका प्यानलबाट राजु लामिछाने सहित ५ जनाले जित हात पारेका छन् । मतदानबाट निर्वाचित हुनेहरुमा भोला मरहट्टा १३७ मत, राजुबावु लामिछाने १३१ मत, किरणबावु श्रेष्ठ १२६ मत, सबिन बस्नेत १२१ मत, देवराज गुरुङ ११६ रहेका छन् ।

त्यस्तै गरी सुरेन्द्र बस्नेत १११ मत, दिनेश तमु १०६ मत, बिनोद खनाल १०१ मत, दलमान गुरुङ १०० मत, ताराबहादुर खड्का ९८ मत र दिपक थापाले ९५ मत प्राप्त गरेका छन् । संघको बिद्यान अनुसार अब बस्ने नव निर्वाचित समितिको बैठकले ४ जनालाई समितिमा मनोनित गरेर ल्याउन पाउने छन् भने उपाध्यक्षदेखी कोषाध्यक्षसम्मको पदको जिम्मेवारी अध्यक्षले बाँडफाड गर्नेछ ।

नव निर्वाचित समितिको केही दिन भित्रै पदास्थापन हुने निर्वतमान अध्यक्ष बावुराम श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.