गोरखामा यात्रु सहायता कक्षहरु स्थापना


प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै

आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाई
मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि
जिल्ला प्रहरी कार्यालय गोरखा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाबाट
तयार पारिएको सुरक्षा योजना बमोजिम जिल्ला स्थित विभिन्न यातायात
व्यवसायी समितिसँग समेत समन्वय गरी चाड पर्वको अवधिमा जिल्ला भित्र
आउने र बाहिरिने यात्रुहरुको सुविधा र सहजीकरणलाई मध्य नजर गर्दै आज मिति
२०८१।०६।१७ गतेका दिन यस जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी
उपरीक्षक बासुदेव पाठकको उपस्थितीमा गोरखा नगरपालिका स्थित हरमटारी
चोक र बाह्रकिलो चोकमा यात्रु सहायता कक्षहरुको स्थापना गरिएको ।
यात्रु सहायता कक्षको आवश्यकता :-

  1. महान चाड बिजयादशमी र दिपावलीको अवसरमा बिशेष गरी गोरखा
    सदरमुकाम हुँदै भित्रिने र बाहिरिने विभिन्न सवारी साधनहरुमा सवार गर्ने
    यात्रुहरुलाई तोकिएको दर रेट भन्दा बढी भाँडा असुल उपर भएमा खबर गर्न

प्रेस विज्ञप्ती

  1. सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा आफ्नो सामानहरु हराएमा वा
    छुटी जाने भएमा तत्काल खबर गर्न ।
  2. सार्वजनिक सवारी साधनहरुमा टिकट बुकिङ्ग भएको अवस्थामा यात्रु
    अलपत्रमा परी आफुले टिकट बुकिङ्ग गरेको सवारी साधन छुटी गएमा खबर
    गर्न ।
  3. सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुहरुको बहुमुल्य सामानहरु चोरी,
    लुटपाट भएमा वा हराएमा खबर गर्न ।
  4. सार्वजनिक सवारी साधनमा यात्रा गर्दा कुनैपनि व्यक्तिबाट दुर्यवहार भएमा
    रिपोर्ट गर्न ।
  5. सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने महिलाहरु माथि कुनैपनि
    किसिमले यौनजन्य दुर्यवहार भएमा सो को रिपोर्ट गर्न ।
  6. तोकेको गन्तव्यमा सार्वजनिक सवारी साधनले यात्रुहरु नपुराएमा, चालकले
    मादक पदार्थ सेवन गरी सवारी चलाएमा, क्षमता भन्दा बढी असुरक्षित
    तरिकाले तथा छतमा यात्रुहरु राखी जोखिम पुर्ण यात्रा गराएमा कारवाही
    गर्न ।
  7. सवारी साधनहरुमा यात्रा गर्ने क्रममा यात्रुहरुको स्वास्थ्य सम्बन्धी समस्या
    आएमा तत्काल रिपोर्ट गर्न ।
  8. वृद्ध-वृद्धा, अन्ध-अपाङ्ग लगायतका फरक क्षमता भएका यात्रुहरुलाई बिशेष
    ख्याल गरी सहज यात्राको वातावरण बनाउन समेत यात्रु सहायता कक्ष
    सञ्चालनमा ल्याईएको छ ।
    नोट :- यात्रुहरुलाई कुनैपनि प्रकारको सेवा, सुविधाहरुको बारेमा गुनासो, सुझाव र
    आवश्यकता परेमा यस जिल्ला प्रहरी कार्यालय गोरखाको हटलाईन नम्बर १००,
    प्रहरी कन्ट्रोल रुम ९८५६०९०२५५, ९८५६०९०८५५ मा सम्पर्क गर्नुहुन सम्पुर्ण
    सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय गोरखा अनुरोध गर्दछ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.