मुग्लिन- आज (शनिबार) बिहान काठमाडौंबाट दाहा संस्कार सकेर गोर्खातर्फ आउँदै गर्दा ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ।
प्रहरीका अनुसार मृतक पाँचै जना गोरखा नगरपालिकाका हुन्।
मृतकमा गोरखा नगरपालिका-७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अन्जना रोकाया र आगमन रोकाया छन्।
उनीहरूको उमेर भने प्रहरीले खुलाइसकेको छैन। मृतकमा एक बालिका, दुई महिला र दुई पुरुष छन्।
ठुलाेबुबाकाे पशुपतिमा दाहासंकार गरेर गाेरखा फर्कने क्रममा मुग्लिन नजिकैबाट कार त्रिशुलीमा खस्न पुगेकाे प्रहरीले जनाएकाे छ । उनीहरू सबै एकाघरका हुन् ।
आज बिहान काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको हो।