लोकप्रिय गायिका शान्ति श्री परियार र रविन लामिछानेको नयाँ सहकार्यमा ‘बनैमा स्याऊला छ’ बजारमा

कविराज ढकाल, काठमाडौं : विगत लामो समयदेखि नेपाली गीत संगीतमा निरन्तर लागि परेका गायक हुन् रविन लामिछाने । विशेषगरी मौलिक लोक तथा दोहोरी गीत गाउन एवम् सृर्जना गर्न रुचाउने रविन पछिल्लो समय अझ बढी गीत संगीतमा सक्रिय छन् । उनी नेपाली लोक संगितको क्षेत्रमा मौलिकताले भरिपुर्ण गायक एवम् सर्जक हुन् । गीतको नाममा पछिल्लो समय धेरै गितहरुमा अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा लामिछाने भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायक तथा सर्जकको रुपमा परिचित भएका छन् ।

गायक लामिछानेको उत्कृष्ट लय शब्द रचनामा सचिन भट्टराईको नयाँ दोहोरी गित ‘वनैमा स्याऊला छ’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियार र सचिन भट्टराईले आवाज दिएका छन् । गितमा सुनिल परियारको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

सचिन भट्टराई पछिल्लो समय उदयमान् गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता लगायत गितहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

भिडियोमा गायक स्वयम् आफै सचिन भट्टराई, नारायणी खत्री र खड्का ब. पुन मगर खaपबुको फिचरिंग रहेको छ । प्रकाश भट्टको निर्देशन एवम् कोरियोगाफ्रीमा रहेको भिडियोलाई आकर्षक फ्रेममा प्रकाश खड्काले खिचेका छन् । भिडियोलाई उत्तम कुमार कार्किले सम्पादन गरेका छन् । Sachin Bhattarai कै अफिसियल युटुवमार्फत गित संसारभर रिलिज गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker