संगित व्यवसायी सम्मान २०७९ द्धारा गोरखा चौतारी म्युजिक प्रा.ली. सम्मानित

संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं स्थापना दिवस एबम बार्षिक साधारण सभा र नेपाल संगीत उधोग संघको २२ औं स्थापना दिवस एक साथ भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा दुईवटै संस्थाका अध्यक्ष समेत रहेका सुर्य मगरको अध्यक्षता रहेको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा चौतारी म्युजिक प्रा.ली.लाई संगित व्यवसायी सम्मान २०७९ द्धारा सम्मानित गरिएको थियो । समग्र गित संगितको क्षेत्रमा संरक्षण र प्रवर्दन गर्दै संगितका सामग्रीलाई व्यवसायिकरण गर्दै आयमुलक वनाऊँदै संगीत क्षेत्रलाई लामो समयदेखी संस्थागत रुपमा निरन्तर योगदान पुर्याऊदै व्यवसायिक हितका कार्यमा अतुलनीय योगदान गरी संगित उघोग क्षेत्रमा अहम भुमिका निर्वाह गर्नु भएकोमा गोरखा चौतारी म्युजिक प्रा ली का संचालक सुनिल लामिछानेलाई नेपाल संगित उघोग संघ, संगित व्यवसायी सम्मान २०७९ बाट सम्मान गरिएको थियो । 301095385_431683668994690_6328591803318960269_n.jpg

यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख एबम सह सचिब डा. सुरेश श्रेष्ठ, नेपाल प्रतिलिपी अधिकार रजिष्टार कार्यालयका रजिष्टार प्रहलाद पुडासैनी, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका निवर्तमान अध्यक्ष निर्मलराज ढकाल, प्रस्तोता समाजका अध्यक्ष शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, चर्चित निर्देशक शिव बिक, मोडल एबम संगीत ब्यवसायी बाबुराम बोहरा, चर्चित गायक एबम सर्जक रेशम सापकोटा, चर्चित मोडल सम्झना बुढाथोकी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा चलचित्र मनोरञ्जन फोरमका सभापति एबम चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा स्वास्थ्य तथा सीप बिकाश समितिका सभापति हेमराज ढकाल, किर्तिपुर उधोग बाणिज्य संघकी अध्यक्ष राज्य लक्ष्मी शाह लगायत कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन नेपाल संगीत उधोग संघका महासचिव सुनिल लामिछानेले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । उक्त कार्यक्रममा उपाध्यक्ष हुम गैरेले स्वागत मन्तव्य राखेका थिए । दुबै संस्थाको स्थापना दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय जीवनराम श्रेष्ठद्वारा केक काटिएको थियो । सोही अवसरमा “दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को सार्वजनिक रुपमा घोषणा गरिएको थियो ।

समाजका संरक्षकद्वय भगवान कुमार श्रेष्ठ र शम्शेर श्रेष्ठलाई बार्षिक सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो भने संगीत ब्यवसायी सम्मान तर्फ सुनिल लामिछाने, संगीत पत्रकारिता सम्मान तर्फ तुलसी गिरि “भाबुक”, तुलसी बास्कोटा र मिडिया संयोजकको भुमिका निभाएको भन्दै प्रकाश बराईली “अभिव्यक्ति” लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न श्रस्टा तथा निर्माताहरुलाई सम्मान गरिएको थियो । संगीत तथा चलचित्र उत्पादक समाज नेपालको ७ औं र नेपाल संगीत उद्योग संघको २२ औं स्थापना दिवसको सु-अवसरमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा गीत संगीत तथा चलचित्रका निर्माताहरुलाई रोयल्टी वितरण गरिएको थियो ।

आगामी दिनमा गीत संगीत निर्माता तथा चलचित्र निर्माताहरुको लागि आफू जे जस्तो अवस्थामा पनि ज्यान दिन तयार भएको कुरा बताउदै रोयल्टी संकलन र बितरणलाई अझै पारदर्शी रुपले लैजाने कुरामा अध्यक्ष सुर्य मगरले जोड दिएका थिए ।

नेपालमा मात्र नभई ईन्टरनेशनल प्लेट फर्महरु जस्तै युटुब, टिकटक, फेसबुक लगायत अन्य डिजिटल प्लेट फर्म तथा प्रोड्युसरको ifpi संग लिने isrc नम्बर लगायतका बिबिध सम्झौताहरु र अधिकार प्राप्त गर्नुका साथै रोयल्टी संकलन तथा बितरण गर्दा समय सापेक्षिक मापदण्ड हेरफेर गर्नुपर्ने भएकोले कार्यक्रम कै दिन सर्वसम्मत रुपले नेपाल संगीत उधोग संघको बिधान संशोधन गरिएको छ । नेपाल संगीत उधोग संघद्वारा आयोजित “दोस्रो ऐतिहासिक राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को फर्म खुल्ला भएको कुरा अध्यक्ष सुर्य मगरले सोही कार्यक्रममा जानकारी गराएका थिए ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.