युनेस्को गण्डकी प्रदेशको अधिवेशन सम्पन्न, जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन

  • युनेस्को गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको छ । रविन्द्रराज जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रत्नकुमार श्रेष्ठ, ईश्वरी थिङ् र शंदेश पराजुली सर्वसम्मत चयन हुनु भएको छ भने सचिवमा सुभाष रेग्मी, सह–सचिवमा ज्ञानेन्द्र शर्मा, कोषध्यक्षमा शशिकृष्ण श्रेष्ठ, सदस्यहरुमा दिपक खनाल र दिपेश बिष्ट र २ जना पछि मनोनित गरिने युनेस्को राष्ट्रिय उपाध्यक्ष प्रदिप काफ्लेले जानकारी दिनुभयो । यसैगरी सो भेलाले ५ सदस्यीय सल्लाहकार सदस्य समेत चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा रामकृष्ण भण्डारी लमजुङ, पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपि अधिकारी , बिमल प्रसाद अधिकारी लमजुङ, दिपेन्द्र अधिकारी र कृष्णराज पंडित भानु तनहुँ रहनु भएको छ ।
    युनेस्को राष्ट्रिय अध्यक्ष एवं भानु नपाका मेयर आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा उहाँले युनेस्को क्लवकोे महत्व बारे प्रकाश पार्दै कला–सँस्कृतिको सम्बद्र्धन र मानव सेवाको लागि संस्था सदैव लागि पर्नेमा जोड दिनु भएको छ ।
    कार्यक्रममा भानु नपाकी उप–प्रमुख उमा गोतामे, युनेस्को राष्ट्रिय उपाध्यक्ष प्रदिप काफ्ले, युनेस्को राष्ट्रिय महासचिव युवराज न्यौपाने, भानु १ , ३, ४ र १२ का वडा अध्यक्षहरु, केन्द्रिय सदस्य सिद्धेश्वर बोगटी, युनेस्को बित्त सल्लाहकार हरिकृष्ण जोशी, लगाएतको सहभागिता रहेको थियो ।

Back to top button
Close