Trending

शिक्षकहरूका लागि कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्र

पालुङटार, गाेरखा

श्रावण २२

कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । नेपाल शिक्षक महासँघ पालुङटार नगर समितिको आयोजनामा पालुङटार नगरपालिका वडा न ६ स्थित रजगरे मा वि मा  सञ्चालन भएको कार्यशालाको समापन समारोहमा प्रमुख अतिथिको रुपमा वडा न ६ का वडाध्यक्ष चेत बहादुर गुरुङले प्रमुख अतिथिको रुपमा बोल्दै तालिममा सिकेका कुरालाइ व्यवहारमा उतार्नुपर्ने कुरा बताउनुभयो ।

श्रावण २१ र २२ गते सञ्चालन भएको कार्यशालामा प्रशिक्षक मिन बहादुर नेपालीले कार्यमूलक अनुसन्धानको महत्व तथा प्रयोगका बारेमा सहजीकरण गर्नुभएको थियो । सहभागी शिक्षकहरूकाे समूह निर्माण गरी कार्यमूलक अनुसन्धान समेत तयार गरी प्रस्तुतिकरण गरिएकाे थियाे ।

कार्यशालामा वडा नं. ६ देखि १० सम्मका  विभिन्न विद्यालयका २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

शिक्षकहरुको पेशागत छाता सँगठनको रुपमा रहेको शिक्षक महासँघ पालुङटारले स्थापनाकालदेखि हरेक बर्ष शिक्षकहरुको पेशागत बिकाससँग सम्बन्धित बिभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

शिक्षक महासँघ पालुङटारका सचिव गणेशराज सेडाइको अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागीका तर्फबाट रविन्द्र कँडेल, रजगरे मा वि का प्रधानाध्यापक गोविन्द मल्ल, प्रशिक्षक मिन बहादुर नेपाली लगायतकाले मन्तव्य राखेका थिए ।

महासँघले सोही प्रकारको कार्यशाला अमरज्योति माध्यमिक विद्यालयमा पनि सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker