माअाेवादी केन्द्रले जितेका पालिकाहरूमा एकै खालकाे बजेट ल्याउन निर्देशन

गोरखा, ५ असार ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओबादी केन्द्र गोरखाले पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई बिकास निर्माणका काममा एकरुपता कायम गर्न निर्देशन दिएको छ ।

माओबादी केन्द्रले जितेका गोरखाका स्थानीय तहका प्रमुखहरुलाई बोलाएर हिजो माओबादीले जितेका पालिका तथा नगरपालिकाहरुमा बिकासमा एक रुपता कायम गर्ने गरी योजना निर्माण गर्न निर्देशन दिएको पार्टीका जिल्ला इन्चार्ज कृष्ण धितालले जानकारी दिनुभयो । बैठकमा योजना निर्माण गर्दा समेत एकता पैदा गरेर अघि बढ्न पार्टीले जनप्रतिनिधिहरुलाई निर्देशन दिएको उहाँको भनाई छ ।

त्यस्तै जिल्लाभर एउटै मोडलमा बिकासको काम गर्न पनि जनप्रतिनिधिहरुलाई माओबादीले निर्देशन दिएको छ । ‘जिल्लामा बेरोजगारीको अबस्था जटिल छ, इन्चार्ज धितालले भन्नुभयो, कम्तिमा माओबादीले जितेका ठाउँमा रोेजगारीको सृजना हुने गरी कार्यक्रम बनाउन पर्छ भन्नेमा पार्टीको जोड छ, हामीले त्यही अनुसार हाम्रा जनप्रतिनिधिहरुलाई निर्देशित गरेका छौ ।’ पार्टीले कृषिमा आधारित उद्योगहरुमा जोड दिन समेत आग्रह गरेको जिल्ला इन्चार्ज धितालले बताउनुभयो । बैठकमा बजेट निर्माण गर्दा ठोस ढंगबाट निर्माण गर्न तथा पार्टी र बिज्ञहरुसंग छलफल गरेर समाजबाद उन्मुख बजेट निर्माण गर्नुपर्ने निस्कर्ष निकालिएको उहाँको भनाई छ । ‘

बजेटलाई व्यवहारिक र बस्तुगत कसरी बनाउन सकिन्छ भन्नेमा नै बढी छलफल भयो, इन्चार्ज धितालले भन्नुभयो, बैठकमा धार्चे गाउँपालिका, चुमनुव्री गाउँपालिका र अजिरकोट गाउँपालिका बाहेकका माओबादीले जितेका पालिकाका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो ।

बैठकमा नेकपा माओबादी केन्द्रका केन्दीय सदस्य एवंम गोरखा क्षेत्र नम्बर १ का संघिय सांसद हरीराज अधिकारी, माओबादीका केन्द्रीय सदस्य अमर तमु, सुशिला सिंखडा, गण्डकी प्रदेश समितिका सदस्य, प्रदेशसभाका सांसद एव पार्टीका गोरखा जिल्ला संयोजक लेखबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.