Trending

माअाेवादी केन्द्रकाे चुमनुब्रीमा पनि जित, जिल्लाभर ९ स्थानीय तहमा सफलता

गोरखा, ६ जेठ :

गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बिजयी भएसँगै गाेरखाका ११ मध्ये ९ पालिकामा सफलता हात पारेकाे छ ।

गएराती सम्पन्न मतणनामा माओबादी केन्द्रका गाउँपालिका अध्यक्षका उमेद्वार निमा लामाले नेपाली काग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै बिजयी हुनुभएको हो । लामाले कुल खसेको मतको १ हजार ६ सय २४ मत प्राप्त छ।

काग्रेसका गुरुङले १ हजार ३ सय ११ मत प्राप्त गर्नुभएको उहाँले बताउनुभयो । लामाले गुरुङले भन्दा ३ सय १३ बढी मत प्राप्त गर्नुभएको हो । गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने गुरुङसंग लामा पराजित हुनुभएको थियो । गोरखा जिल्लामा ११ स्थानीय तहमा माओबादी केन्द्रले ९ वटामा जित हासिल गरेको छ भने काग्रेसले २ वटा स्थानीय तह जितेको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker