पालुङटारमा कांग्रेस कार्यकर्ताले कुटपिट गरेकाे भनी उजुरी

गोरखा । जिल्लाको पालुङटार नगरपालिकामा ५ हवाइग्राउण्डमा कांग्रेस कार्यकर्ताले जसपा कार्यकर्तामाथि आक्रमण गरेका छन् । आक्रमणमा परि जसपा कार्यकर्ता उत्तम गिरीको चोटपटक लागेको र करिव २ तोला  बराबरको सुनको सिक्रि समेत हराएको बताएका छन् ।

बुधबार बृलुकी ८ बजेतीर हवाइग्राउण्ड बाट ठाँटीपोखरी फर्कर्दै गर्द पालुङटार नगरपालिकामा नेपाली कांग्रेसको तर्फ बाट उपमेयर पदको उम्मेदवार चेतकुमारी श्रेष्ठको सवारी चालक पालुङटार नगरपालिकामा ५ गौडाबगर सुजन तामाङ सहित करिव २०।२५ जनाको समुहले आक्रमण गरको जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता उत्तम गिरीले बताए ।


साथै तरुण दल पालुङटारका अध्यक्ष बिकास तामाङ खुसीको नेतृत्वमा पुनः आक्रमणको प्रयास भएको समेत गिरीले दावी गरेका छन् । उक्त ब्यक्तीहरुलाइ तत्काल पक्राउ गरि कारवाहीको लागी इलाका प्रहरी कार्यलय ठाँटीपोखरीमा निवेदन दिएको बताएका छन् ।

Back to top button
Skip Add
Close