चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित

चैत १५,गोरखा ।

गण्डकी गाउँपालिका–६ कौदीका चेपाङ समुदाय तरकारी खेतिमा आकर्षित वनेका छन् । पृथ्वीराजमार्ग नजिकैको गाउँ कौदीमा १९ घरधुरी छन् । यहाँका सवै घरधुरी स्थानीयले काँक्रो, घिरौँला लगायतका तरकारी खेती आयआर्जनको माध्यम वनेको छ । यतिखेर यो गाउँका स्थानीय तरकारी स्याहार र विक्रिमा ब्यस्त छन् ।

बजार भाउ पाए दुइ–चार लाख कमाउन समस्या नहुने स्थानीय जनक चेपाङ बताउँछन् । मजदुरी भन्दा आफ्नै वारीमा पसिना वगाएर कमाएको आम्दानीले सन्तुष्ट रहेको उनले बताए । तिन रोपनी क्षेत्रफलमा तरकारी लगाउनेले वार्षिक साढे तिन लाख रुपैया सम्म कमइ गर्ने गरेको स्थानीय पुर्ण वहादुर चेपाङले बताए ।



यहाँ उत्पादन भएको तरकारी चितवन, काठमाडौ, पोखरा लगायतका शहरमा विक्रि हुदै आएको छ । कौदी फाँट र पृथ्वीराजमार्गमा झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयलाई तरकारी विक्रीमा सहज भएको छ । उत्पादित तरकारी विक्रि गर्दा विचौलीया हावी हुने गरेको स्थानीयको गुनासो छ ।

‘उत्पादन गरेको तरकारी ठेकेदारलाई विक्रि गर्छौ, ठेकेदारले फाइदा लिएर उपभोक्तालाई विक्री गर्दा उत्पादन गर्ने र खरिद गर्ने दुवैलाई समस्या परेको छ,’ स्थानीय पवित्रा चेपाङले भनिन् ।

Back to top button
Skip Add
Close