Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
पालुङटार ७ मा नेकपा एमालेकाे पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

पालुङटार ७ मा नेकपा एमालेकाे पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

गाेरखा, चैत्र १ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा अाज एक कार्यक्रमका बिच नेकपा एमालेकाे वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

वडा नं. ७ का पार्टी कमिटी अध्यक्ष चन्द्र बहादुर कुमालकाे सभापतित्वमा सम्पन्न भएकाे छ । पार्टीका गाेरखा जिल्ला इन्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य रामशरण बस्नेतले प्रमुख अतिथिकाे रूपमा बाेल्दै पार्टी पंक्तीलाइ अब चुनावी माहाेलमा तयारी अवस्थामा राख्न निर्देशन दिँदै समसामयिक राजनितीक तथा साँगठनिक गतिविधीहरूकाे बारेमा प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

पूर्व जिल्ला कमिटी सदस्य तारा बहादुर कुमालले स्वागत गर्नुभएकाे साे कार्यक्रममा जिल्ला समिति सदस्य पार्वती पाठक, चित्र बहादुर के.सी, पालुङटार नगरपार्टी का अध्यक्ष एवं गाेरखा जिल्ला सदस्य  बसन्त कुमार श्रेष्ठ, गण्डकी प्रदेशका प्रदेश सदस्य  अाेम ब बराकाेटी,  हरि प्रसाद काफ्ले लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै गरी कार्यक्रमकाे सहजीकरण जिल्ला कमिटी सदस्य जनक भट्टले सञ्चालन गर्नुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.