गोरखाका एसपी खनाल सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा

गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालको सरुवा भएको छ भने नयाँ प्रहरी प्रमुखका रुपमा एसपी केदार खनालले आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले गोरखामा एसपी रहेका शेखर खनाललाई सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागमा सरुवा गरेको हो ।

नयाँ आउन लागेका केदार खनाल बाग्मती प्रदेश प्रहरी गण हेटौँडाबाट गोरखा आउन लागेका हुन् । उनी प्रहरी निरीक्षक हुँदा यस अघि पनि गोरखा बसेका थिए ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker