फागुन १ देखि बिद्यालयहरू खुल्ने

कोभिडका कारण बन्द रहेका गोरखाका विद्यालय, विश्वविद्यालय तथा कलेजहरु फागुन १ गतेदेखि खुल्ने भएको छ ।

वैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका विद्यालय, कलेज, मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने वैठकले निर्णय गरेको छ ।

कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते भक्तजनलाई मन्दिर भित्र प्रवेशमा रोक लगाएको थियो । यो अवधिमा पूजा गर्न आएका भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्काउनु परेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।

मन्दिर खुलाउने निर्णय भएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनहरु बढ्ने र मन्दिर भित्र प्रवेश गरी पुजा गर्न पाउने उनले बताए । डिसीएमसीकै निर्णयका आधारमा छिट्टै मनकामना क्षेत्र विकास समितिको वैठक बोलाई मन्दिर खुलाउने निर्णय गर्ने तयारीमा रहेको समितिका निर्देशक गुरुङले बताए ।

गुरुङका अनुसार अहिले बन्द अबस्थामा पनि मनकामना मन्दिरमा दैनिक एक हजार भन्दा बढी भक्तजन मन्दिर दर्शन गर्न आउने गर्दछन् । खुल्ला हुँदा दैनिक औसत आठ हजार जना मनकामनामा आउने गुरुङले जानकारी दिए ।
कोभिड जोखिम रहेता पनि मनकामना केवलकार भने संचालनमा रहेका छन् । मनकामनाका स्थानीयहरु आउजाउ गर्न र मन्दिरबाहिरबाट पुजापाठ गर्ने भक्तजनको सजिलोका लागि केबलकार नियमित रुपमा संचालन गरिरहेको मनकामना केवलकार प्रालिले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को मंगलबार सम्पन्न बैठकले महामारीको जोखिमका कारण बन्द रहेको प्रसिद्ध मनकामना मन्दिर पनि फागुन १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको हो ।

यस्तै, विश्वविद्यालय, विद्यालय, कलेज, ट्युशन सेन्टर लगायतका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य मापदण्ड पालन गरी फागनु १ गतेबाट संचालन गर्ने वैठकले निर्णय गरेको छ । तर अर्को सूचना जारी नभएसम्म सबै प्रकारका आमसभा, जुलुश, सभा, भेला, मेला सम्मेलन, जात्रा, महोत्सव लगायत मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम भने गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Back to top button
Close