गलकोटमा भएको रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरे । 

थम्मन थापा
बागलुङ मंसिर १५
शरिरको अमुल्य वस्तु मध्ये रगत पनि एक हो । नेपालमा रगतको अभावमा कैयौं मानिसहरुले ज्यान गुमाएका खबरहरु हामीले बेला बखतमा सुनिरहेका र देखिरहेका छौं ।
नागरिकले स्वस्थ जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गर्दै रोट्रयाक्ट क्लव अफ गलकोटले हटिया बजारमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाईटी बागलुङले प्राविधिक सहयोग गरेको थियो ।
गलकोट नगरपालिका ३ को हटिया बजारमा भएको कार्यक्रममा ९५ जनाले रक्तदान गरेका छन । ‘रक्तदान नै जीवन दान हो’ भन्ने मुल  नाराका साथ रक्तदान कार्यक्रम सङ्चालन गरिएको संस्थाका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उनले नगरबासी नागरिक जसले रगतको अभावमा समस्या झेल्नुका साथै मृत्युको मुखमा पुग्नु पर्ने बाध्यता झेलिरहनु भएको छ उहाँहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको बताए । यो आफैमा परोपकारी कार्य भएकोले नागरिकको हितमा यसले टेवा पुराउने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले युवाहरुले गरेको परोपकारी कामले आफुलाई गौरव लागेको बताएकी छन । “पछिल्लो समय ग्रामीण क्षेत्रमा युवाहरु विदेशिने क्रम बढदो छ, भएका युवाहरु पनि सामाजिक कार्यमा खासै रुचि राख्दैनन यो उदाहरणिय कार्य हो सबैले अनुसरण गर्नुपर्छ” नगर उपप्रमुख काउचाको भनाई छ । युवाहरुले सामाजिक कार्यमा देखाएको सकृयता र रचनात्मक कार्यमा गलकोट  नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने उनले प्रतिवद्वता समेत जनाईन ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रममा गलकोट नगर स्थित कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी सहित सर्वसाधारण सहभागी थिए ।
क्लवले कोरोना माहामारीको समयमा जिल्लाको गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा हेल्प क्याम्प सञ्चालन, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग लगायतका सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । कार्यक्रम संस्थाका सचिव कमल खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.