

गाेरखा, मंसीर ८
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे माइ मनकामना मन्दिरमा अाठाैं पञ्चवली तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ ।
बेलुका ८ बजेदेखि लगभग रातभर सम्पन्न भएकाे साँस्कृतिक कार्यक्रममा राष्टिय कलाकारहरू पवन रानामगर, सरिता सारू तथा स्थानीय कलाकारहरूकाे समेत बेजाेड प्रस्तुति रहेकाे थियाे ।
कलाकार रानामगरले माया भुत्राेजाल, अालुजस्ताे केटी लगाययतका बिभिन्न गितहरू गाउनुभएकाे थियाे ।जसमा दर्शकहरूकाे उल्लेख्य सहभागिता रहेकाे थियाे । त्यस्तै सरीता शारूकाे बिभिन्न गीतहरूले कार्यक्रमकाे राैनकता बढाएकाे थियाे । कार्यक्रममा इशा शाही ठकुरीकाे नृत्य तथा स्थानीय कलाकारहरूकाे गीत तथा नृत्यले थप राैनकता ल्याएकाे थियाे ।
बिगत ८ बर्षदेखि साे मन्दिरमा हरेक बर्ष मंसीर पञ्चमीका दिन हरेक बर्ष पञ्चवली पूजा तथा साँस्कृतिक कार्यक्रम गरीँदै अाइएकाे छ ।
उक्त मन्दिर स्थानीय माेतीलाल श्रेष्ठका छाेराहरू भक्त कुमार श्रेष्ठ र शिवलाल श्रेष्ठले अाफ्नै लगानीमा निर्माण गरेका थिए ।