माओवादी केन्द्र दाङका ९७ वडामा सर्वसम्मत नेतृत्व चयन

दाङ, ४ मंसिर । माओवादी केन्द्रले दाङका ९७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । सबै वडामा सर्वसम्म नेतृत्व चयन भएको हो । तर, दाङको बबई गाउँपालिका वडा नं. ७, शान्तिनगर गाउँपालिका वडा नं. ३ र राप्ती गाउँपालिका वडा नं. ७ मा नयाँ नेतृत्व चयन हुन सकेको छैन ।

दाङमा ९७ जनामध्ये दुई जना महिला अध्यक्ष चयन भएका छन् । घोराही २ मा लेखा अधिकारी र राप्ती ८ मा अञ्जु कार्की निर्वाचित भएका छन् । कार्य समितिमा भने ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित आएका छन् । नेपालमा यसरी कुनै राजनीतिक दलले यति धेरै प्रतिशत समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरेको पहिलोपटक हो ।

संविधानले ३३ प्रतिशत महिला सहभागिता र १३ प्रतिशत दलित सहभागिताको ब्यवस्था गरेको भए पनि समावेशी सिद्धान्तको परिकल्पनाकार भएकाले आफ्नो पार्टी दुई प्रतिशत थपेर ३५ प्रतिशत बनाएको जनाएको छ ।

 

Back to top button