स्थानीयको समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री आचार्य

गोरखा, असोज । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आर्चायले गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकवासीमा भएको खानेपानी तथा विद्युत व्यवस्थापन सम्बन्धि समस्याहरु समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।
शनिबार घ्याल्चोकको ज्ञानमार्ग मा.वि मा गाउँपालिका वडा नं ७ र ८ को संयुक्त आयोजनामा भएको बृहत खानेपानी , सिँचाई तथा विद्युत व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा प्रमुख अतिथि मन्त्री आर्चायले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री आर्चायले हामी जनताको प्रतिनिधि भएकोले हामीले जनताका हरेक समस्याहरुलाई सम्बोधन गरी समय अनुसारको विकास कार्य गर्दै लैजान सहयोग गर्नेछौं । उनले भने प्रविधि अनुसार विद्युतीय पोलको व्यवस्थापन, स्थायी खानेपानी आयोजना, बृहत सिँचाई तथा लिफ्ट सिँचाई आयोजना सञ्चालन, एसियाली विकास बैकको सहयोगमा शहरी खानेपानी आयोजना कार्यान्वयनमा ल्याउन सरकारसँग पहल गर्ने उनको भनाई छ ।
यस्तै कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश ऊर्जामन्त्रालयका सचिव ई.रामकुमार श्रेष्ठले कार्यक्रमको सम्बोधन गर्दै गाउँपालिकामा रहेको हरेक समस्याहरु समाधान गर्न सरकारसँग पहल भईरहेको बताएका छन् ।
गाउँपालिकाका दुवै वडाका स्थानीयहरुले आफ्नो गाउँठाँउमा विद्युतको पोलको दुरी नमिलेर विद्युत प्रसारणमा भएको समस्या, सिँचाई सुविधा तथा दीर्घकालिन खानेपानी आयोजना नभएर निम्त्याएको समस्या, सडकको समस्या लगायतका समस्याहरु मन्त्री सामु राखेका थिए ।
कार्यक्रममा सबै राजनिति दलका कार्यकर्ता, स्थानीयवासी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीले गरेका थिए ।Source: www.bidhutsansar.com
Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.