
काठमाडौं, भदौं ८-
पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौं हजार ९०९ जनामा गरिएको पीसीआर परीक्षणमा दुई हजार २० र चार हजार ९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै ३५ जनाको मृत्यु भएको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ५१ हजार १ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ भने सात लाख दुई हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् । जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने तीन हजार १०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२० जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७४ जना कोरोना संक्रमित थपिएका छन् ।