नगर प्रमुखद्वारा अस्पताल अनुगमन

भानु नपाद्वारा पुरनडिहि अस्पतालकाे निरन्तर अनुगमन
तनहुँकाे भानु नगरपालिकाले भानु ५ मा रहेकाे पुरनडिहि शहरी नगर अस्पतालकाे निरन्तर अनुगमन गरिरहेकाे छ । काेराेनाका कारण जनताकाे अस्पतालमा आउजाउ बढेकाेले अस्पतालबाट प्रदान गर्नु पर्ने सेवा सुबिधाहरु जनताले पाए नपाएकाे बारे जानकारी लिन नगरपालिकाका मेयर उदयराज गाैलीकाे नेतृत्वमा अनुगमनका लागि पटक पटक अस्पताल पुग्ने गरेकाे स्वास्थ शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराईले बताउनुभयाे ।
अनुगमनका क्रममा मेयर गाैलीले अस्पतालका हेल्थ असिस्टेन्ट सुभास रेग्मीलाई आईसुलेशनमा रहेका काेराेना संक्रमित बिरामी र अन्य बिरामीकाे अस्पतालले दिन सक्ने सेवा सुविधा दिनु पर्ने भन्दै आँफु सदैव जनताकाे सुख दुखमा सहयाेगमा निरन्तर लागिरहेकाे जानकारी दिनु भयाे । उप प्रमुख आशा थापाले नगरपालिका जनताकाे स्वास्थ प्रति संवेदनशिल रहेकाले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने जानकारी दिँदै स्वास्थ्यमा कुनै समस्या देखिए नजिककाे स्वास्थ चाैकीमा जान वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न अनुराेध गर्नुभएकाे छ । प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले नगरपालिकाका अस्पताल र स्वास्थ्य चाैकीहरूलाई सुविधा सम्पन्न बनाउन नगरपालिका सदैव प्रतिबद्ध रहेकाे बताउनु भयाे । अनुगमनका क्रममा मेयर गाैली, उप मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत तिवारी , स्वास्थ प्रमुख भट्टराई , ईन्जिनियर शुरेस अधिकारी , जितबहादुर घर्ती लगाएत हुनुहुन्थ्यो ।
उक्त नगर अस्पतालमा अहिले काेराेना संक्रमित २ जना पुरुष र १ जना महिलाकाे उपचार भैरहेकाे र अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker